बदमासीको पराकाष्ठा ! राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिका घरमै लगेर फेरि लेखियो
काठमाडाैँ २३, साउन । राष्ट्रिय परीक्षा बोर्डमा कतिसम्म लापरबाही र बदमासी हुन्छ भन्ने तथ्य सार्वजनिक भएको छ । बोर्डका कर्मचारीको मिलेमतोमा कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर लेखेको पाइएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ ।
०७४ साल जेठमा सञ्चालन भएको कक्षा ११ को परीक्षामा ललितपुरको डिएभी सुशील केडिया विश्व भारती उच्च माविका विद्यार्थीको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट घरमा गरेर उत्तर लेखेर पुनः कार्यालयमा ल्याएको पाइएको हो ।
बोर्डका कर्मचारीको सहयोगमा डिएभी सुशील केडिया स्कुलकी एक छात्राको पाँच विषयको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट बाहिर लगेर नयाँ उत्तर लेखेर पुनः कार्यालयमा ल्याएको पाइएको हो ।
विज्ञान विषयको फिजिक्स, केमेस्ट्रि, म्याथ, जुलोजी र बोट्नी विषयको कोडिङ र डिकोडिङ भएको उत्तरपुस्तिका कार्यालयबाट लगेर लेखाएर कार्यालयमै ल्याइएको थियो । उत्तरपुस्तिकाको बाहिरको कभर परिवर्तन गरी पाँच विषयको उत्तर बाहिरबाट लेखाएर ल्याइएको थियो ।
अनुसन्धान गर्दै प्रहरी
परीक्षा बोर्डमा पुगिसकेको उत्तरपुस्तिका घरमा ल्याएर त्यसको बाहिरी कभरबाहेक अरु परिवर्तन गरी पुन उत्तर लेखेर कार्यलयमा पुर्याएको यस घटनाको ललितपुर प्रहरीले छानविन गरिरहेको छ । महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले घटनाको अनुसन्धान भइरहेको बताए । उनले तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । उनले भने–‘३ जना विरुद्ध मुद्दा चलिरहेको छ, उनीहरु अहिले धरौटीमा रिहा भएका छन् । यसमा अरुको पनि संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
कार्यालयमा आइसकेको उत्तरपुस्तिका बाहिर लगेर लेखाइएको सूचना आएपछि बार्ड बैठकले नै प्रहरीलाई छानविन गर्न जिम्मा लगाएको थियो । बोर्डका पदाधिकारीले उत्तरपुस्तिका काण्डबारेमा जानकारी पाएपछि केही समय अघि तत्कालिन परीक्षा नियन्त्रक डम्बर बतासलाई परीक्षा नियन्त्रकबाट सरुवा गरेको छ । बोर्डका एक कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने तत्कालिन परीक्षा नियन्त्रक बतासको लापरबाही देखिएको भन्दै बयान लिएको छ । स्रोतका अनुसार केहि अन्य अभियुक्तहरु फरार रहेका छन् ।
यसरी भएको थियो घटना
घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरीले परीक्षक र अभियुक्तको नाम खुलाएको छैन । ती परीक्षार्थीको उत्तर पुस्तिका अरु विद्यार्थीको भन्दा फरक देखेर कार्यालयमा रिपोर्ट गरेपछि बोर्डले छानविन समिति गठन गरेको थियो ।
ति विद्यार्थीको अङ्ग्रेजी बाहेक सबै उत्तरपुस्तिका शंकास्पद पाइएपछि छानविन समितिले सम्बन्धीत विद्यार्थीलाई बोलाएर सोधपुछ पनि गरेको थियो । विद्यार्थीको बयानले शंकास्पद बनाइरहेका बेला विद्यार्थीले कपीमा नलेखिकन छोडेको र पछि अरुले लेखिदिएको बयान दिएपछि झनै संकास्पद भएको बोर्डका एक कर्मचारीले बताए । ती विद्यार्थीको रिजल्ट पनि रद्ध भएको छ । बोर्डले छानविनका लागि प्रहरीलाई जिम्मा लगाएको छ । ती विद्यार्थीले कक्षा ११ को परीक्षा पुनः दिएकी छन् ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












