महिला हिंसा जस्तो संबेदनशिल संकल्प प्रस्तावमा संसद किन सुस्त ?
काठमाडाैँ २४,साउन। बालिका तथा महिला हिंसा पीडित बालिका तथा महिलालाई सहयोग गर्ने उपायहरू समेटिएको एक संकल्प प्रस्ताव विगत चार महिनादेखि संसदमा थन्किएको भन्दै महिला सांसदहरूले चिन्ता प्रकट गरेका छन् ।
बलात्कारजस्ता जघन्य अपराधबाट पीडित बालिकाहरूको व्यक्तित्व विकासका लागि पहल गर्ने, महिला हिंसा न्यूनीकरण गर्न सकिने खालका सामग्री पाठ्यक्रममा राख्ने जस्ता चार विषय समावेश गरेर दर्ता गरिएको संकल्प प्रस्ताव चार महिना बितिसक्दा पनि संसद्को कार्यसूचीमा पर्न नसके भन्दै सांसदहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
राजनीतिक मुद्दाले प्राथमिकता पाउने गरेको ससंद्मा महिलाका विषय उठाउन गाह्रो हुने परिपाटीका कारण यस्तो संवेदनशील विषय उठान गर्न कठिन भएको महिला नेतृहरूले बताएका छन् ।
महिलामाथि हुने यौनहिंसा त्यसमा पनि बालिका बलात्कारका घटनाका उजुरीको सङ्ख्या पछिल्लो समय बढेको प्रहरी आँकडाले देखाउँछ ।
महिलामाथि हुने यस्ता हिंसा रोक्न सबै ‘सासंदहरू एकैसाथ संसद्मा प्रतिबद्धता जनाऔँ’ भन्दै २८ जना सासंदले गत चैतमा दर्ता गराएको संकल्प प्रस्ताव अझै संसद्को कार्यसूचीमा पर्न नसकेको सासंद विन्दा पाण्डे बताउँछिन् ।
‘३२ गतेको सम्भावित कार्यसूचीमा यो विषय आयो। त्यसपछि डा. गोविन्द केसीको मुद्दाले त्यतिबेला सदन अवरुद्ध हुने स्थिति उत्पन्न भयो। त्यसले गर्दा सम्भावित कार्यसूचीबाट हट्यो । अब फेरि छलफल गरौँ भन्ने हिसाबले चर्चामा आएको हो ।’
महिलाविरुद्धको हिंसा रोक्न सकिने उपायहरूको प्रचारप्रसार गर्न देशभरि एउटा निश्चित समयसम्म अभियान चलाउने कुरा पनि उक्त प्रस्तावमा परेको सासंद पाण्डेले बताइन् ।
संकल्प प्रस्तावलाई एकपटक संसद्को कार्यसूचीमा पार्न सफल भएको तर त्यही दिन संसद अवरुद्ध भएकोले त्यो अघि बढ्न नसकेको सासंद पुष्पा भुसालले बताइन् ।
संसदको कार्यसूची तयार पार्ने जिम्मा पाएको संसद्को कार्यव्यवस्था परामर्श समितिको सदस्य समेत रहेकी भुसाल संसद्मा महिलाको मुद्दा ओझेलमा पर्ने गरेको अनुभव सुनाउँछिन् ।
‘महिलाका मुद्दा त्यो पनि महिलाविरुद्धको हिंसाको विषय भएकोले राजनीतिक पार्टीहरू सशंकित भएको जस्तो देखिन्छ। दोस्रो कुरा महिलाको मुद्दा भएकोले पनि प्राथमिकतामा नपरेको हो ।’
महिला हिंसा रोक्न सरकारले उल्लेखनीय कदम चाल्न नसकेको अधिकारकर्मीले बताउँदै आएका छन् ।
यस्तो अवस्थामा जनचेतना फैलाउने लगायतका सामान्य विषयहरू समावेश गरी पेश भएको संकल्प प्रस्तावलाई समेत संसद्ले महत्त्व नदिएको र उसको यस्तो व्यवहारद्वारा महिला हिंसाका विषयमा सरकार कत्तिको गम्भीर छ भन्ने झल्काउने कतिपय महिला अधिकारकर्मीले बताएका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












