यसरी गरिँदैछ शिखर सम्मेलनको तयारी, ६ देशका सरकार प्रमुखको स्वागत
काठमाडाैँ २५ , साउन । सरकारले अगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना गरिन लागेको बिमस्टेक शिखर सम्मेलनको तयारी थालेको छ । सम्मेलनको तयारीका लागि विभिन्न मन्त्रालयगत रूपमा विभिन्न विषयगत समिति र उपसमितिहरूको निर्माण गरिएको छ । मन्त्रीहरूको नेतृत्वमा तयारी समितिहरू र समितिको मातहत रहनेगरी अरू उपसमितिहरू पनि निर्माण भई काम सुरु गरेका छन् । अध्यक्ष राष्ट्रको हैसियतले नेपालले यस पटक काठमाडौँमा शिखर सम्मेलन गर्न लागेको हो ।
शिखर सम्मेलनको तयारी स्वरूप आउँदो साउन २६ गते बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवस्तरीय बैठक बस्ने बिमस्टेक शिखर सम्मेलनको सचिवालयका संयोजकसमेत रहेका परराष्ट्र मन्त्रालयका सहसचिव रामबाबु ढकालले रातोपाटीलाई जानकारी दिए । शनिबार बस्ने बरिष्ठ पदाधिकारीहरूको बैठकले शिखर सम्मेलनको तयारी गर्नेछ ।
उनले भने– ‘यो बैठक शिखर सम्मेलनको तयारी बैठकका रूपमा पनि रहन्छ । सात राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवहरूको बैठक हो, यसलाई वरिष्ठ पदाधिकारीहरूको बैठकका रूपमा पनि लिइन्छ ।’
शिखर सम्मेलनका लागि अन्य ६ देशबाट राष्ट्र वा सरकार प्रमुख, परराष्ट्र मन्त्री सचिव प्रतिनिधिको रूपमा आउनेछन् । उनीहरूका लागि बसोबासको व्यस्वस्थाका लागि उपयुक्त होटेलको व्यवस्था भइरहेको छ । सम्मेलनका लागि ११ गतेदेखि नै बिमस्टेक सदस्य राष्ट्रका प्रतिनिधिहरू काठमाडौं आउने कार्यक्रम रहेको छ ।
यसरी गरिँदैछ शिखर सम्मेलनको तयारी
बिमस्टेक सम्मेलनलाई सफल बनाउन विभिन्न मन्त्रालयगत रूपमा विभिन्न समितिहरू बनाइएको छ । प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय मूल समिति बनाइएको छ । यसले विभिन्न मन्त्रालय स्तरीय समितिहरूको नेतृत्व गर्दछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको संयोजकत्वमा सडक व्यवस्थासम्बन्धी समिति बनाइएको छ । जुन समितिअन्तर्गत विभिन्न उपसमितिहरू पनि बनाइएको छ, जसले बिमस्टेक सदस्य राष्ट्रका प्रतिनिधि आवतजावत पर्ने रुटमा सडकका खाल्टाखुल्टी पुर्ने, सडक सरसफाइको काम गरिरहेको छ ।
यस्तै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सवारी साधन तथा सुरक्षा समिति बनाइएको छ । यो समितिअन्तर्गत पनि उपसमितिहरू बनाइएको छ । यो समितिले चुस्त दुरुस्त रूपमा सुरक्षा तथा सवारी साधनको व्यवस्थापनको काम गर्ने उपसचिव ढकालले बताए ।
यस्तै परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय समिति बनाइएको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री संयोजक रहेको सांस्कृतिक समिति बनाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार समिति बनाइएको छ । अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा अर्थ समिति बनाइएको छ भने अन्य मन्त्रालयहरूको नेतृत्वमा पनि विभिन्न समितिहरू बनेको र उनीहरूले तयारीका कामहरू गरिरहेको उपसचिव रामबाबु ढकालले जानकारी दिए ।
यस्तो छ शिखर सम्मेलनको कार्यतालिका
दक्षिण–पूर्वी एसियाली देशहरूको साझा संस्थाका रूपमा रहेको बिमस्टेक शिखर सम्मेलनका लागि भदौ ११ गतेदेखि विदेशी पाहुना काठमाडौैं आउन सुरु गर्नेछन् ।
त्यसअघि साउन २६ गते बिमस्टेकअन्तर्गत सात राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवहरूको संयुक्त बैठक बस्दैछ ।
यस्तै भदौ १२ गते पनि परराष्ट्र सचिवहरूको बैठक बस्नेछ । भदौ १३ गते बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको बैठक बस्नेछ ।
किन ढिला भयो
अध्यक्ष राष्ट्रको हैसियले नेपालले सन् २०१५ मा बिमस्टेक शिखर सम्मेलन आयोजना गर्नुपर्ने थियो । तर निर्धारित मितिभन्दा ३ वर्ष सम्मेलनको आयोजना हुँदैछ । यसरी ढिला हुनु नेपालको आन्तरिक कारण र सदस्य राष्ट्रको समय व्यस्थापन रहेको सरकारको भनाइ छ । बिमस्टेक शिखर सम्मेलनको सचिवालयका संयोजक ढकालले भने– ‘नेपालले त्यतिबेला संविधान बनाउँदै थियो, सबै कुरा व्यवस्थित पनि भइसकेको थिएन, चुनाव पनि लाग्दै थियो । अन्य सदस्य राष्ट्रका लागि मिति पनि अनुकूल पार्नुपर्ने थियो । सबै सदस्य राष्ट्रलाई उपयुक्त समय मिलाउन पनि कठिन हुन्छ । सबै पक्षलाई मिलाउँदा अहिले यो सम्मेलन हुँदैछ ।’
दुई दुई वर्षको फरकमा सम्मेलनको आयोजना हुनुपर्ने भए पनि यसअघि सन् २०१४ मा र त्यसअघि सन् २००८ मा शिखर सम्मेलन भएको थियो । नेपाल र भुटान सन् २००४ देखि बिमस्टेक राष्ट्रका सदस्य बनेका हुन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












