नेकपाको शिक्षक संगठनको एकता प्रक्रिया शुरु
काठमाडाैँ २७, साउन । दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक संगठनहरुले पनि ऐतिहासिक एकता अभियान शुरु गरेका हुन् । तत्कालीन नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपा माओवादी केन्द्रको भातृसंगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनबीच एकता अभियान शुरु भएको छ ।
अाजकाे एभरेषट दैनिकमा याे खबर छ – एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय कार्यालय बागबजारमा शनिवार पहिलोपटक दुईसंगठनहरुबीच एकताको लागि औपचारिक छलफल शुरु भएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा बसेको पहिलो एकता सम्बन्धी बैठकमा एकताको वैचारिक तयारीका लागि भन्दै दुईसंगठनहरुको विधान आदान-प्रदान भएको छ ।
पहिलो औपचारिक एकता बैठकमा एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट अध्यक्ष शंकर अधिकारी, पूर्व अध्यक्ष रत्नबहादुर ओली, नेता पूर्णप्रसाद दवाडी लगायतको सहभागीता रहेको थियो । यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष लक्ष्मण शर्मा, पूर्व अध्यक्ष बाबुराम थापा, महासचिव हंशबहादुर शाही, कोषाध्यक्ष विष्णु भण्डारी लगायतको सहभागिता रहेको थियो । छलफलमा बैठकमा सहभागी भएकाहरुकै एउटा एकता कार्यदल विकास गरेर जाने, एकताका लागि सैद्धान्तिक, वैचारिक, सांगठानिक, अन्तर्राष्ट्रिय, शैक्षिक र पेशागत सवालहरुमा छलफल भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष समेत रहिसकेका नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शनिवारबाट वृहत कम्युनिष्ट शिक्षक एकता अभियानको औपचारिक थालनी भएको जानकारी दिए । आफ्नो संगठन शुरु देखि नै वृहत शिक्षक एकताको पक्षमा रहेको भन्दै थापाले विचार र सोच मिल्ने दलहरुसँग वृहत एकता अभियान शुरु भएको बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगै अन्य कम्युनिष्ट विचार राख्ने शिक्षक संघसंगठनहरुसँग एकता गर्दै नेपालमै र पछि विश्वभरी नै एउटै शिक्षक संगठन बनाउने अभियानमा आफुहरु लागेको थापाले स्पष्ट पारे ।
यस एकता अभियानले ट्रेड युनियन अधिकार प्राप्ति, सुरक्षा अभियानमा महत्वपूर्ण भुमिका खेल्ने भन्दै अभियानले छिट्टै परिणाम निकाल्ने बताए । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले आफूहरु नेपालभरका शिक्षकहरुको एउटै साझा संगठनहुनुपर्ने अभियानमा रहेको भन्दै पहिले बामपन्थी विचार राख्ने शिक्षकहरुको एकता अभियान शुरु गरिएको जानकारी दिए । एकता प्रक्रियाले छिट्टै ठोस निस्कर्ष निकाल्ने उनको भनाइ थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बैठकमा पेशागत शिक्षक एकता शिक्षक महासंघ भएपनि वैचारिक र सांगठानिक वृहत एकताका लागि गम्भीर छलफल भएको बताए ।
सह-अस्तित्व, मनोविज्ञान सहितको एकता गर्नेबारे छलफल भएको भन्दै अध्यक्ष अधिकारीले एकताले नेपालको शिक्षा क्षेत्रमा समाजवादी कार्यदिशा निर्माण र ट्रेडयुनियन आन्दोलनमा सामाजिक दायित्व र आवश्यकतामा समेत नयाँ दिशा दिने स्पष्ट पारे । वर्गसंघर्ष र शिक्षकहरुको चेतना बीचको खाडल वैचारिक संलेषण गर्दै एकता प्रक्रियाले छिट्टै पूर्णता पाउने अधिकारीको भनाइ थियो ।
संगठनका नेताहरु पूर्णप्रसाद दवाडी, दिनानाथ तिम्सिनाले एकता एउटा संगठनमा अर्को संगठनको विलय नभइ भावना, संगठन र विचारको एकता हुनुपर्ने भन्दै केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक एकता आजको आवश्यकता भएको धारणा राखे ।
२०३६ सालमा स्थापना हुँदा शिक्षकहरुको एउटै संगठन भएपनि तेस्रो महाधिवेशन पछि २०४४ सालमा शुरुमा प्रजातान्त्रिक विचार बोक्ने शिक्षकहरु छुट्टिएर छुट्टै संगठन गठन गरेका थिए । पछि दशौं र एघारौं महाधिवेशनपछि बामपन्थी विचार राख्ने केही शिक्षकहरु समेत अलग भइ नयाँ संगठन गठन गरेका थिए । झण्डै पच्चीस वर्षपछि फेरी वृहत बामपन्थी शिक्षकहरुको एकता हुन लागेको हो । यदी एकता भए नयाँ संगठनले मुलुकका ७० प्रतिशत शिक्षकहरुको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












