नेकपाको शिक्षक संगठनको एकता प्रक्रिया शुरु
काठमाडाैँ २७, साउन । दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक संगठनहरुले पनि ऐतिहासिक एकता अभियान शुरु गरेका हुन् । तत्कालीन नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपा माओवादी केन्द्रको भातृसंगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनबीच एकता अभियान शुरु भएको छ ।
अाजकाे एभरेषट दैनिकमा याे खबर छ – एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय कार्यालय बागबजारमा शनिवार पहिलोपटक दुईसंगठनहरुबीच एकताको लागि औपचारिक छलफल शुरु भएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा बसेको पहिलो एकता सम्बन्धी बैठकमा एकताको वैचारिक तयारीका लागि भन्दै दुईसंगठनहरुको विधान आदान-प्रदान भएको छ ।
पहिलो औपचारिक एकता बैठकमा एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट अध्यक्ष शंकर अधिकारी, पूर्व अध्यक्ष रत्नबहादुर ओली, नेता पूर्णप्रसाद दवाडी लगायतको सहभागीता रहेको थियो । यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष लक्ष्मण शर्मा, पूर्व अध्यक्ष बाबुराम थापा, महासचिव हंशबहादुर शाही, कोषाध्यक्ष विष्णु भण्डारी लगायतको सहभागिता रहेको थियो । छलफलमा बैठकमा सहभागी भएकाहरुकै एउटा एकता कार्यदल विकास गरेर जाने, एकताका लागि सैद्धान्तिक, वैचारिक, सांगठानिक, अन्तर्राष्ट्रिय, शैक्षिक र पेशागत सवालहरुमा छलफल भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष समेत रहिसकेका नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शनिवारबाट वृहत कम्युनिष्ट शिक्षक एकता अभियानको औपचारिक थालनी भएको जानकारी दिए । आफ्नो संगठन शुरु देखि नै वृहत शिक्षक एकताको पक्षमा रहेको भन्दै थापाले विचार र सोच मिल्ने दलहरुसँग वृहत एकता अभियान शुरु भएको बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगै अन्य कम्युनिष्ट विचार राख्ने शिक्षक संघसंगठनहरुसँग एकता गर्दै नेपालमै र पछि विश्वभरी नै एउटै शिक्षक संगठन बनाउने अभियानमा आफुहरु लागेको थापाले स्पष्ट पारे ।
यस एकता अभियानले ट्रेड युनियन अधिकार प्राप्ति, सुरक्षा अभियानमा महत्वपूर्ण भुमिका खेल्ने भन्दै अभियानले छिट्टै परिणाम निकाल्ने बताए । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले आफूहरु नेपालभरका शिक्षकहरुको एउटै साझा संगठनहुनुपर्ने अभियानमा रहेको भन्दै पहिले बामपन्थी विचार राख्ने शिक्षकहरुको एकता अभियान शुरु गरिएको जानकारी दिए । एकता प्रक्रियाले छिट्टै ठोस निस्कर्ष निकाल्ने उनको भनाइ थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बैठकमा पेशागत शिक्षक एकता शिक्षक महासंघ भएपनि वैचारिक र सांगठानिक वृहत एकताका लागि गम्भीर छलफल भएको बताए ।
सह-अस्तित्व, मनोविज्ञान सहितको एकता गर्नेबारे छलफल भएको भन्दै अध्यक्ष अधिकारीले एकताले नेपालको शिक्षा क्षेत्रमा समाजवादी कार्यदिशा निर्माण र ट्रेडयुनियन आन्दोलनमा सामाजिक दायित्व र आवश्यकतामा समेत नयाँ दिशा दिने स्पष्ट पारे । वर्गसंघर्ष र शिक्षकहरुको चेतना बीचको खाडल वैचारिक संलेषण गर्दै एकता प्रक्रियाले छिट्टै पूर्णता पाउने अधिकारीको भनाइ थियो ।
संगठनका नेताहरु पूर्णप्रसाद दवाडी, दिनानाथ तिम्सिनाले एकता एउटा संगठनमा अर्को संगठनको विलय नभइ भावना, संगठन र विचारको एकता हुनुपर्ने भन्दै केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक एकता आजको आवश्यकता भएको धारणा राखे ।
२०३६ सालमा स्थापना हुँदा शिक्षकहरुको एउटै संगठन भएपनि तेस्रो महाधिवेशन पछि २०४४ सालमा शुरुमा प्रजातान्त्रिक विचार बोक्ने शिक्षकहरु छुट्टिएर छुट्टै संगठन गठन गरेका थिए । पछि दशौं र एघारौं महाधिवेशनपछि बामपन्थी विचार राख्ने केही शिक्षकहरु समेत अलग भइ नयाँ संगठन गठन गरेका थिए । झण्डै पच्चीस वर्षपछि फेरी वृहत बामपन्थी शिक्षकहरुको एकता हुन लागेको हो । यदी एकता भए नयाँ संगठनले मुलुकका ७० प्रतिशत शिक्षकहरुको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












