बिम्स्टेक स्थापना भएको २१ वर्ष पुग्यो, बल्ल तयार हुदैछ बडा-पत्र
काठमाडाैँ २७, साउन । स्थापना भएको २१ वर्षपछि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)ले आफ्नो बडापत्र तयार गर्ने भएको छ।
भदौ १४–१५ गते काठमाडौँमा आयोजना हुने चौथो शिखर सम्मेलनको अवसरमा बडापत्र बनाउने भएको हो। शनिबार बसेको सदस्य राष्ट्रहरूको उच्च अधिकारीहरुको बैठकले बडापत्र बनाउने विषयमा सहमति गरेको हो।
योसँगै स्थापनाको २१ वर्षपछि बिमस्टेकले औपचारिक रूपमा दूरदृष्टीसहितको बडापत्र तयार हुने भएको हो। शनिबारको बैठकले काठमाडौँ घोषणापत्रको विषयमा समेत सहमति जुटाएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए।
चौथो शिखर सम्मेलनको तयारीसँगै घोषणापत्रको अन्तर्वस्तु तथा त्यसको खाकालाई अन्तिम रूप दिइएको उनले बताए।
विम्स्टेकलाई प्रभावकारी र क्षेत्रीय विकासको अवधारणालाई प्राथमिकतामा राख्ने विषयमा सदस्य राष्ट्रका अधिकारीहरूले धारणा राखेको बैरागीले जानकारी दिए।
बैठकमा नेपालले भूपरिवेष्ठित राष्ट्रको कनेक्टिभिटीका मुद्दालाई उठान गरेको थियो। विद्युतीय प्रसारण लाइन विस्तार, सडक सञ्जाल लगायतका विषयमा समेत सदस्य राष्ट्रका पदाधिकारीबीच छलफल भएको बैरागीले जानकारी दिए।
बैठकमा व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयनका विषयमा छलफल भएको थियो। बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा हालसम्म भएका प्रगतिहरूको समीक्षा भएको बैरागीले जानकारी दिए।
बैठकमा विम्स्टेकको आम्दानी तथा खर्च, सचिवालयको प्रभावकारी सञ्चालन लगायतका विषयमा समेत छलफल भएको थियो। यस्तै बैठकमा नेपाल–भारत प्रबुद्ध समूह जस्तै प्रबुद्ध समूह इपीजी गठन र यसका क्षेत्राधिकारका विषयमा समेत छलफल गरिएको उनले बताए।
दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनले नेपाललाई अध्यक्षको रूपमा चयन गर्दै चौथो सम्मेलन आयोजनाको जिम्मा दिएको थियो।
सम्मेलनमा सहभागी हुन बिमस्टेकका सदस्य मुलुकका राष्ट्र वा सरकार प्रमुख, परराष्ट्रमन्त्री र सचिव प्रतिनिधिहरू नेपाल आउँदै छन्। सात सदस्य रहेको विम्स्टेकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारकी राज्य परिषद्की प्रमुख आङसाङ सूची, थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा नेपाल आउँदै छन्।
सम्मेलन तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजत्वमा आयोजक समिति गठन भएको छ। सम्मेलनमा भाग लिनका लागि भदौ ११ गतेदेखि विदेशी पाहुनाहरू काठमाडौँ आउन सुरु हुने बताइएको छ।
सम्मेलन पूर्व भदौ १२ गते उच्च अधिकारी स्तरीय बैठक तथा १३ गते परराष्ट्रमन्त्री स्तरीय बैठक बस्ने छ। परराष्ट्रमन्त्री स्तरीय बैठकले सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिने छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












