बिम्स्टेक स्थापना भएको २१ वर्ष पुग्यो, बल्ल तयार हुदैछ बडा-पत्र
काठमाडाैँ २७, साउन । स्थापना भएको २१ वर्षपछि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)ले आफ्नो बडापत्र तयार गर्ने भएको छ।
भदौ १४–१५ गते काठमाडौँमा आयोजना हुने चौथो शिखर सम्मेलनको अवसरमा बडापत्र बनाउने भएको हो। शनिबार बसेको सदस्य राष्ट्रहरूको उच्च अधिकारीहरुको बैठकले बडापत्र बनाउने विषयमा सहमति गरेको हो।
योसँगै स्थापनाको २१ वर्षपछि बिमस्टेकले औपचारिक रूपमा दूरदृष्टीसहितको बडापत्र तयार हुने भएको हो। शनिबारको बैठकले काठमाडौँ घोषणापत्रको विषयमा समेत सहमति जुटाएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए।
चौथो शिखर सम्मेलनको तयारीसँगै घोषणापत्रको अन्तर्वस्तु तथा त्यसको खाकालाई अन्तिम रूप दिइएको उनले बताए।
विम्स्टेकलाई प्रभावकारी र क्षेत्रीय विकासको अवधारणालाई प्राथमिकतामा राख्ने विषयमा सदस्य राष्ट्रका अधिकारीहरूले धारणा राखेको बैरागीले जानकारी दिए।
बैठकमा नेपालले भूपरिवेष्ठित राष्ट्रको कनेक्टिभिटीका मुद्दालाई उठान गरेको थियो। विद्युतीय प्रसारण लाइन विस्तार, सडक सञ्जाल लगायतका विषयमा समेत सदस्य राष्ट्रका पदाधिकारीबीच छलफल भएको बैरागीले जानकारी दिए।
बैठकमा व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयनका विषयमा छलफल भएको थियो। बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा हालसम्म भएका प्रगतिहरूको समीक्षा भएको बैरागीले जानकारी दिए।
बैठकमा विम्स्टेकको आम्दानी तथा खर्च, सचिवालयको प्रभावकारी सञ्चालन लगायतका विषयमा समेत छलफल भएको थियो। यस्तै बैठकमा नेपाल–भारत प्रबुद्ध समूह जस्तै प्रबुद्ध समूह इपीजी गठन र यसका क्षेत्राधिकारका विषयमा समेत छलफल गरिएको उनले बताए।
दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनले नेपाललाई अध्यक्षको रूपमा चयन गर्दै चौथो सम्मेलन आयोजनाको जिम्मा दिएको थियो।
सम्मेलनमा सहभागी हुन बिमस्टेकका सदस्य मुलुकका राष्ट्र वा सरकार प्रमुख, परराष्ट्रमन्त्री र सचिव प्रतिनिधिहरू नेपाल आउँदै छन्। सात सदस्य रहेको विम्स्टेकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारकी राज्य परिषद्की प्रमुख आङसाङ सूची, थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा नेपाल आउँदै छन्।
सम्मेलन तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजत्वमा आयोजक समिति गठन भएको छ। सम्मेलनमा भाग लिनका लागि भदौ ११ गतेदेखि विदेशी पाहुनाहरू काठमाडौँ आउन सुरु हुने बताइएको छ।
सम्मेलन पूर्व भदौ १२ गते उच्च अधिकारी स्तरीय बैठक तथा १३ गते परराष्ट्रमन्त्री स्तरीय बैठक बस्ने छ। परराष्ट्रमन्त्री स्तरीय बैठकले सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिने छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












