राजपा नेपाललाई प्रधानमन्त्री भेट्नै हम्मेहम्मे: समय मागेको ५ दिन पछि पायो भेट्ने समय
काठमाडाैँ २७, साउन। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय मागेको पाँच दिनपछि आज बल्ल समय उपलब्ध गराएका छन् ।
राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । तर त्यो ज्ञापनपत्रको विषयमा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएपछि त्यसका बारेमा छलफलका लागि समय माग गरेको अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।
उनले भने, ‘सविधान संशोधन, थुनामा रहेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता लगायतको विषयमा विस्तृत कुरा गर्न प्रधानमन्त्रीसँग समय माग गरिएको थियो ।’
आज साँझ ६ बजे राजपाका नेताहरुले प्रधानमन्त्रीलाई भेट्ने बताइएको छ ।
सामूहिक रूपमा समय नदिएपछि प्रधानमन्त्री ओली र राजपा नेपालका संयोजक महन्थ ठाकुरबीच भने भेट भएको छ ।
प्रधानमन्त्री ओलीसँग संयोजक ठाकुरले कुराकानी गरे पनि राजपा नेपालका अध्यक्षमण्डलले नै भेट्ने बताएका थिए ।
टीकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको कुरा चलिरहेकै बेला सामाजिक व्यवस्था राज्यमन्त्री अभिराम शर्मालाई समेत पक्राउ गर्ने सरकारको तयारी रहेको अवस्थामा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यले प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे कुरा गर्ने बताइएको छ ।
संविधान संशोधन, रेशम चौधरीको रिहाइ, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लगायतका विषयमा कुरा गर्न प्रधानमन्त्री ओलीसँग राजपाको अध्यक्ष मण्डलले समय लिएका थिए । तर, प्रधानमन्त्रीले अध्यक्षमण्डलका संयोजक ठाकुरलाई सुटुक्क बोलाएर भेटेका छन् ।
गत साउन २३ गते राजपा नेपाल अध्यक्षमण्डलको बैठक बसेको थियो । सो बैठकमा रेशम चौधरी र अभिराम शर्माको विषयमा छलफल भएको थियो ।
सरकारसँग आन्दोलनका क्रम लागेका मुद्दा फिर्ता लिने, थुनामा रहेकालाई रिहाइ गर्ने, धरपकड नगर्ने सहमति भए पनि अभिराम शर्मालाई सरकारले पक्राउ गर्न पुर्जी काट्नु गैरजिम्मेवार कार्य भएको ठहर गर्दै यस विषयमा प्रधानमन्त्री ओलीसँग भेटेर नै छलफल गर्ने निर्णय बैठकले गरेको थियो ।
मधेस आन्दोलनका क्रममा घाइते भएका थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप राज्यमन्त्री शर्मामाथि रहेको छ । उच्च अदालतले राज्यमन्त्री शर्मालाई पक्राउ गर्न महोत्तरी जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ ।
सोही पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयले राज्यमन्त्री अभिराम शर्मालाई खोजिरहेको छ ।
राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लाल भन्छन्, अभिराम शर्मालाई पक्राउ गर्नका लागि पूर्वाग्रही ढङ्गबाट लागेको छ । अभिराम शर्माको मुद्दा राजनीतिक मुद्दा हो, त्यसमा राज्यले पक्राउ गर्न मिल्दैन ।’
राज्यले अभिराम शर्मालाई पक्राउ गर्न कुनै पुर्जी जारी नगरेको दाबी गर्दै उनले भने, प्रहरीले पक्राउ गर्नका लागि पहिला वारेन्ट जारी गर्नुपर्छ, जुन हालसम्म भएको छैन । वारेन्ट जारी गरेपछि सय दिनसम्म हेर्नुपर्छ । हाजिर हुन्छ कि हुँदैन त्यसपछि मात्र वान्टेडको सूचीमा राख्नुपर्छ । यीमध्ये कुनै प्रक्रिया सुरु गरेको छैन । सीधै पक्राउ गर्ने भनिरहेको छ, जुन गैरकानुनी हो ।’
अभिराम शर्माले आफू प्रहरीको फरार सूचीमा रहेको कुरा सञ्चार मध्यमबाट थाह पाएका उल्लेख गर्दैै अदालतको म्याद तामेल उनको घरसम्म जानुपर्ने हो तर हालसम्म त्यस्तो नभएको उपाध्यक्ष लालले बताए ।
राजपा नेपालका अध्यक्ष मण्डलको बैठकले अभिराम शर्मालाई अदालतमा हाजिर हुन सल्लाह दिएको छ । तर त्यसअघि एक पटक प्रधानमन्त्री ओलीसँग सल्लाह गर्ने कुरा थियो ।
यसअघि रेशम चौधरीलाई पार्टीको सल्लाहमा अदालतमा हाजिर हुन भनिएको थियो तर अदालतले पुर्पक्षका लागि थुनेर राख्न आदेश दिएपछि हालसम्म उनको रिहाइ भएको छैन । त्यस्तै घटना अभिराम शर्माका लागि दाहोरिने त होइन भनी राजपा नेपाल त्रसित छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












