राजपा नेपाललाई प्रधानमन्त्री भेट्नै हम्मेहम्मे: समय मागेको ५ दिन पछि पायो भेट्ने समय
काठमाडाैँ २७, साउन। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय मागेको पाँच दिनपछि आज बल्ल समय उपलब्ध गराएका छन् ।
राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । तर त्यो ज्ञापनपत्रको विषयमा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएपछि त्यसका बारेमा छलफलका लागि समय माग गरेको अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।
उनले भने, ‘सविधान संशोधन, थुनामा रहेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता लगायतको विषयमा विस्तृत कुरा गर्न प्रधानमन्त्रीसँग समय माग गरिएको थियो ।’
आज साँझ ६ बजे राजपाका नेताहरुले प्रधानमन्त्रीलाई भेट्ने बताइएको छ ।
सामूहिक रूपमा समय नदिएपछि प्रधानमन्त्री ओली र राजपा नेपालका संयोजक महन्थ ठाकुरबीच भने भेट भएको छ ।
प्रधानमन्त्री ओलीसँग संयोजक ठाकुरले कुराकानी गरे पनि राजपा नेपालका अध्यक्षमण्डलले नै भेट्ने बताएका थिए ।
टीकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको कुरा चलिरहेकै बेला सामाजिक व्यवस्था राज्यमन्त्री अभिराम शर्मालाई समेत पक्राउ गर्ने सरकारको तयारी रहेको अवस्थामा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यले प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे कुरा गर्ने बताइएको छ ।
संविधान संशोधन, रेशम चौधरीको रिहाइ, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लगायतका विषयमा कुरा गर्न प्रधानमन्त्री ओलीसँग राजपाको अध्यक्ष मण्डलले समय लिएका थिए । तर, प्रधानमन्त्रीले अध्यक्षमण्डलका संयोजक ठाकुरलाई सुटुक्क बोलाएर भेटेका छन् ।
गत साउन २३ गते राजपा नेपाल अध्यक्षमण्डलको बैठक बसेको थियो । सो बैठकमा रेशम चौधरी र अभिराम शर्माको विषयमा छलफल भएको थियो ।
सरकारसँग आन्दोलनका क्रम लागेका मुद्दा फिर्ता लिने, थुनामा रहेकालाई रिहाइ गर्ने, धरपकड नगर्ने सहमति भए पनि अभिराम शर्मालाई सरकारले पक्राउ गर्न पुर्जी काट्नु गैरजिम्मेवार कार्य भएको ठहर गर्दै यस विषयमा प्रधानमन्त्री ओलीसँग भेटेर नै छलफल गर्ने निर्णय बैठकले गरेको थियो ।
मधेस आन्दोलनका क्रममा घाइते भएका थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप राज्यमन्त्री शर्मामाथि रहेको छ । उच्च अदालतले राज्यमन्त्री शर्मालाई पक्राउ गर्न महोत्तरी जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ ।
सोही पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयले राज्यमन्त्री अभिराम शर्मालाई खोजिरहेको छ ।
राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लाल भन्छन्, अभिराम शर्मालाई पक्राउ गर्नका लागि पूर्वाग्रही ढङ्गबाट लागेको छ । अभिराम शर्माको मुद्दा राजनीतिक मुद्दा हो, त्यसमा राज्यले पक्राउ गर्न मिल्दैन ।’
राज्यले अभिराम शर्मालाई पक्राउ गर्न कुनै पुर्जी जारी नगरेको दाबी गर्दै उनले भने, प्रहरीले पक्राउ गर्नका लागि पहिला वारेन्ट जारी गर्नुपर्छ, जुन हालसम्म भएको छैन । वारेन्ट जारी गरेपछि सय दिनसम्म हेर्नुपर्छ । हाजिर हुन्छ कि हुँदैन त्यसपछि मात्र वान्टेडको सूचीमा राख्नुपर्छ । यीमध्ये कुनै प्रक्रिया सुरु गरेको छैन । सीधै पक्राउ गर्ने भनिरहेको छ, जुन गैरकानुनी हो ।’
अभिराम शर्माले आफू प्रहरीको फरार सूचीमा रहेको कुरा सञ्चार मध्यमबाट थाह पाएका उल्लेख गर्दैै अदालतको म्याद तामेल उनको घरसम्म जानुपर्ने हो तर हालसम्म त्यस्तो नभएको उपाध्यक्ष लालले बताए ।
राजपा नेपालका अध्यक्ष मण्डलको बैठकले अभिराम शर्मालाई अदालतमा हाजिर हुन सल्लाह दिएको छ । तर त्यसअघि एक पटक प्रधानमन्त्री ओलीसँग सल्लाह गर्ने कुरा थियो ।
यसअघि रेशम चौधरीलाई पार्टीको सल्लाहमा अदालतमा हाजिर हुन भनिएको थियो तर अदालतले पुर्पक्षका लागि थुनेर राख्न आदेश दिएपछि हालसम्म उनको रिहाइ भएको छैन । त्यस्तै घटना अभिराम शर्माका लागि दाहोरिने त होइन भनी राजपा नेपाल त्रसित छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












