दुई कोरियाबीच सेप्टेम्बरमा सम्मेलन हुने
सोल २८, साउन । उत्तर र दक्षिण कोरियाबीच आगामी सेप्टेम्बरमा सम्मेलन हुने भएको छ । दुई कोरियाबीच हालै भएको उच्चस्तरीय वार्तापछि सो सहमति भएको जनाइएको छ ।
दुई कोरियाबीको निशस्त्रीकरणसम्बन्धी उच्च अधिकारीको वार्ताका क्रममा सेप्टेम्बरमा उच्चस्तरीय सम्मेलन गर्ने सहमति भएको बताइएको हो ।
ती अधिकारीको हालै सम्पन्न बैठकमा सेप्टेम्बरमा उत्तर कोरियाको राजधानी प्योङ्याङमा दुई कोरियाबीचको सम्मेलन गर्ने सहमति भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा जनाइएको छ ।
तर सो सम्मेलनको मिति भने तोकिएको छैन । हाललाई उक्त सम्मेलन गर्ने भन्ने सहमति मात्र भएको पनि सो समाचारमा जनाइएको छ । दुई कोरियाका उच्च अधिकारीबीच कोरियाली शान्ति गाउँ पानमुनजोममा भएको सो बैठक पनि सौहार्द भएको सोही संयुक्त विज्ञप्तिमा बताइएको छ ।
यदि सेप्टेम्बरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन प्योङयाङ जानुभयो भने दक्षिण कोरियाली राष्ट्रपतिका रुपमा एक दशकपछि नै उहाँको यो पहिलो भ्रमण हुनेछ ।
हुनत उत्तर कोरियाले गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि दक्षिण कोरियाले लगाउँदै आएको नाकाबन्दी हटाइएको छैन, तर पनि यसबीचमा यी दुई कोरियाबीचको सम्बन्धमा भने पछिल्लो समयमा निकै सुधार आएको छ ।
त्यसैगरी उत्तर कोरियाको निशस्त्रीकरण कार्यमा पनि केही प्रगति भएको बताइएको छ । उत्तरले आफूमाथिको आर्थिक नाकाबन्दी हटाउन दक्षिण कोरिया र अमेरिकालाई पनि बारम्बार आग्रह गरी आएको छ ।
सेप्टेम्बरमा सम्मेलन गरेर उत्तर कोरियाले अमेरिकासँगको पछिल्लो उच्चस्तरीय वार्तापछि प्रगति भएको सन्देश दिन खोजेको एसियन इन्स्टिच्युट अफ पोलिसी स्टडिजका विश्लेषक गो म्योङ हुनले जनाए ।
उनले एएफपी समाचार समितिसँग भने– दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तरसँगको सम्बन्ध विकास गर्ने चाहना त राखेका छन तर पनि अमेरिकासँग उत्तर कोरियाको सम्बन्धमा सुुधार नआउदासम्म सो सम्भव छैन ।
अप्रिल महिनामा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको उच्चस्तरीय बैठकका क्रममा उनीहरुले सेप्टेम्बरसम्ममा उत्तर कोरियाको राजधानीमा द्विपक्षीय सम्मेलन गर्ने सहमति गरेका थिए ।
सोही बमोजिम उनीहरुबीच सेप्टेम्बरमा यो सम्मेलन हुन लागेको हो । उक्त सम्मेलनमा सहभागी हुन आफू इच्छुक रहेको जानकारी दक्षिण कोरियाका राष्ट्रपति मुनले दिइसकेको छन् ।
यसअघि गत जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा उच्चस्तरीय भेटवार्ता भएपछि उत्तर कोरियाले निशस्त्रीकरणका क्षेत्रमा काम गरिरहेको दाबी गरेको छ ।
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...












