स्पेनिस ला लिगाको लाइभ फेसबुकबाटै नेपालमा
काठमाडाैँ २९, साउन। स्पेनिस ला लिगाको नयाँ सिजनका खेल नेपाली दर्शकले टेलिभिजन च्यालनबाट नभई फेसबुकमार्फत हेर्नुपर्ने भएको छ ।
फेसबुकले भारतीय उपमहाद्वीपमा ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएपछि नेपालमा पनि टेलिभिजन च्यानलमा खेल नआउने भएको हो ।
नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा ला लिगा फेसबुकमार्फत मात्र आउने छ । जहाँ ३ सय ४८ मिलियन फेसबुक प्रयोगकर्ताहरु रहेको बताइन्छ ।
फेसबुकले आउँदो एक सिजनको लागि मात्रै नभएर तीन सिजनको लागि प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौता गरेको हो । सम्झौता कतिमा भएको हो भन्ने खुलाइएको छैन ।
फेसबुकमा खेल सित्तैमा हेर्न पाइने भए पनि त्यसमा अनेक विज्ञापन आएर हैरानी हुने हो कि भन्ने आशंका पनि गर्न थालिएको छ ।
यस्तोमा फेसबुक ग्लोबल लाइभ स्पोट्र्सका निर्देशकले रोयटर्ससँग ला लिगाको लाइभमा विज्ञापन नदिइने भन्दै भविष्यमा कसरी अघि बढिन्छ भन्ने यकीन भइनसकेको पनि बताएका छन् ।
यसअघि भारतीय उपमहाद्वीपमा ला लिगा २०१४ देखि २०१८ सम्मका लागि ३२ मिलियन डलरमा सोनी पिक्चर नेटवर्कसले लिएको थियो ।
फेसबुकले २०१७ मा मेजर लिग बेसबल मार्फत खेल लाइभ गर्न सुरु गरेको थियो । यसपटक ला लिगाकै लाइभका लागि सम्झौता गरेर फेसबुकले ठूलो फड्को मारेको बताइएको छ ।
ला लिगाका डिजिटल स्ट्राटिजी प्रमुख अल्फ्रेडो बेरमेजोले फेसबुकमार्फत ला लिगाका खेल अझै धेरै दर्शकसम्म पुग्ने हुँदा आफूहरु खुसी रहेको बताएका छन् । ‘धेरैले ला लिगा हेर्न सकुन् भन्ने नै हाम्रो प्रमुख उद्देश्य हो, यसैले फेसबुकसँगको सम्झौता विशेष छ’ उनले भने ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...











