प्रभू बैंकको खराब कर्जा असूलीमा राम्रो प्रगति,नाफामा भने केहि गिरावट
काठमाडाैँ ३०,साउन । प्रभू बैंकको खूद नाफा घटेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब १२ करोड मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ७५ करोडको उचाईमा थियो । यसरी बैंकको खूद नाफातर्फ ३५.५० प्रतिशतको गिरावट देखिएको छ ।
बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापनबाट ९० करोड राइटब्याक गर्दा समेत नाफा बढाउन सकेन । अघिल्लो वर्ष १ अर्ब ७२ करोड राइट ब्याक गरेर नाफा १ अर्ब ७५ करोड पुगेको देखाइएको थियो ।
बैंकले संचालन मुनाफा भने बढाएको छ । अघिल्लो वर्ष १ अर्ब ३६ करोड रहेको यस्तो मुनाफा बढेर १ अर्ब ३८ करोड पुगेको हो ।
व्यवसाय बिस्तारमा औसत प्रगति गरेको बैंकले समीक्षा अवधिमा २ अर्ब ९८ करोड खूद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ५२ करोड थियो ।
समीक्षा अवधिमा प्रभू बैंकले ९७ अर्ब २५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८१ अर्ब ३४ करोड निक्षेप संकलन गरी ६१ अर्ब ९७ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले आफ्नो जगेडाकोषलाई भने निकै मजबुत बनाएको छ । अघिल्लो वर्ष २ अर्ब ५ करोड रहेको कोषको आकार बढी ३ अर्ब ४२ करोडको उचाईमा पुगेको हो ।
खराब अवस्थाका बैंक तथा बित्तीय संस्था गाभेर अगाडि बढेको यो बैंकको व्यवस्थापनले खराब कर्जा असूलीमा भने आफ्नो दिलोज्यान लगाएको देखिन्छ । यहीकारण अघिल्लो वर्ष ४.२९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर ३.५५ प्रतिशतमा सीमित बन्न पुगेको छ ।
प्रभू बैंकको इक्वीटीमा प्रतिफल ९.६९ प्रतिशत, सम्पत्तिमा प्रतिफल ०.९८ प्रतिशत, प्रतिसेयर आम्दानी १६.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७१.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.५१ गुणा, तरलता अनुपात २९.३० प्रतिशत कायम भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












