प्रभू बैंकको खराब कर्जा असूलीमा राम्रो प्रगति,नाफामा भने केहि गिरावट
काठमाडाैँ ३०,साउन । प्रभू बैंकको खूद नाफा घटेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब १२ करोड मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ७५ करोडको उचाईमा थियो । यसरी बैंकको खूद नाफातर्फ ३५.५० प्रतिशतको गिरावट देखिएको छ ।
बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापनबाट ९० करोड राइटब्याक गर्दा समेत नाफा बढाउन सकेन । अघिल्लो वर्ष १ अर्ब ७२ करोड राइट ब्याक गरेर नाफा १ अर्ब ७५ करोड पुगेको देखाइएको थियो ।
बैंकले संचालन मुनाफा भने बढाएको छ । अघिल्लो वर्ष १ अर्ब ३६ करोड रहेको यस्तो मुनाफा बढेर १ अर्ब ३८ करोड पुगेको हो ।
व्यवसाय बिस्तारमा औसत प्रगति गरेको बैंकले समीक्षा अवधिमा २ अर्ब ९८ करोड खूद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ५२ करोड थियो ।
समीक्षा अवधिमा प्रभू बैंकले ९७ अर्ब २५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८१ अर्ब ३४ करोड निक्षेप संकलन गरी ६१ अर्ब ९७ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले आफ्नो जगेडाकोषलाई भने निकै मजबुत बनाएको छ । अघिल्लो वर्ष २ अर्ब ५ करोड रहेको कोषको आकार बढी ३ अर्ब ४२ करोडको उचाईमा पुगेको हो ।
खराब अवस्थाका बैंक तथा बित्तीय संस्था गाभेर अगाडि बढेको यो बैंकको व्यवस्थापनले खराब कर्जा असूलीमा भने आफ्नो दिलोज्यान लगाएको देखिन्छ । यहीकारण अघिल्लो वर्ष ४.२९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर ३.५५ प्रतिशतमा सीमित बन्न पुगेको छ ।
प्रभू बैंकको इक्वीटीमा प्रतिफल ९.६९ प्रतिशत, सम्पत्तिमा प्रतिफल ०.९८ प्रतिशत, प्रतिसेयर आम्दानी १६.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७१.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.५१ गुणा, तरलता अनुपात २९.३० प्रतिशत कायम भएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












