सौराहामा एन्फा विशेष साधारणसभा
सौराहा, चितवन ३०, साउन । अखिल नेपाल फुटबल सङघ(एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ ।
विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्णरूपमा स्वीकार नगर्ने देखिएको छ । देश सङ्घीय संरचनामा गएपछि त्यहीअनुसार आफ्नो ऐन–नियम बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै निर्णय नगर्न राखेपले निर्देशन दिएको थियो ।
मंगलबार साँझ बसेको एन्फा केन्द्रीय समितिको बैठकले परिषद्को सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको विधान मस्यौदा साधारणसभामा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।
एन्फाले प्रदेश तदर्थ समिति गठन, जिल्ला, क्लबको मताधिकार, आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सञ्चालन नियमावली र एन्फाका अन्य अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गर्ने तयारी गरेको छ । विशेष साधारणसभामा ४५ जिल्ला सङ्घ, १४ ए डिभिजन क्लब, नौ बी डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट महिला, खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत ३०० प्रतिनिधिको सहभागिता छ ।
Comments
अरु समाचार
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...











