डडेल्धुराका स्थानीय तहले अझै आयव्ययको प्रतिवेदन बुझाएनन्
काठमाडाैँ ३१, साउन । जिल्लाका ७ वटै स्थानीय तहले अहिलेसम्म गत आर्थिक वर्ष ०७४/७५ को अायव्यय प्रतिवेदन बुझाएका छैनन ।
हरेक त्रैमासिकको खर्च तथा प्रगति विवरण त्रैमासिक अवधि सकिएको एक हप्ता भित्रै र आर्थिक वर्षभरिको खर्च विवरण आर्थिक वर्ष सकिएको दुई हप्ताभित्र कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पेश गर्नूपर्ने प्रावधान भएपनि यहाँका स्थानीय तहले चालु आबको पहिलो महिना बितिसक्दा पनि अघिल्लो वर्षको विवरणा पेश गरेका छैनन् ।
गत अाबको खर्च विवरण अझै नबुुझाउँदा सर्वसाधारण सूचनाको हकबाट बन्चित भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् । प्रदेश ७ का अधिकांश स्थानीय तहले गत आबको असार मसान्तका बेला अन्धाधुन्ध वजेट खर्च गरेको र हाल प्रकृया पुर्याउन थालेकाले विवरण पेश गर्न ढिला गरेकाे स्थानीयवासीकाे आरोप छ ।
चालु आबको पहिलो महिना बित्नै लाग्दा पनि डडेल्धूराका कुनैपनि स्थानीय तहले आयव्यय विवरण नबुझाएको कोष तथा लेखा नियन्त्रणको कार्यालय डडेल्धूराले पुष्टि गरेकाे छ ।
वजेट बिनियोजनका छुट्टाइएका शीर्षकहरु अनुसार आन्तरिक लेखापरीक्षण र महालेखाबाट लेखा परीक्षण गरी आर्थिक वर्ष सकिएको एक महिनाभित्रै कोष तथा लेखा नियन्त्रणको कार्यलयमा पेश गरिसक्नु पर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











