डडेल्धुराका स्थानीय तहले अझै आयव्ययको प्रतिवेदन बुझाएनन्
काठमाडाैँ ३१, साउन । जिल्लाका ७ वटै स्थानीय तहले अहिलेसम्म गत आर्थिक वर्ष ०७४/७५ को अायव्यय प्रतिवेदन बुझाएका छैनन ।
हरेक त्रैमासिकको खर्च तथा प्रगति विवरण त्रैमासिक अवधि सकिएको एक हप्ता भित्रै र आर्थिक वर्षभरिको खर्च विवरण आर्थिक वर्ष सकिएको दुई हप्ताभित्र कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पेश गर्नूपर्ने प्रावधान भएपनि यहाँका स्थानीय तहले चालु आबको पहिलो महिना बितिसक्दा पनि अघिल्लो वर्षको विवरणा पेश गरेका छैनन् ।
गत अाबको खर्च विवरण अझै नबुुझाउँदा सर्वसाधारण सूचनाको हकबाट बन्चित भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् । प्रदेश ७ का अधिकांश स्थानीय तहले गत आबको असार मसान्तका बेला अन्धाधुन्ध वजेट खर्च गरेको र हाल प्रकृया पुर्याउन थालेकाले विवरण पेश गर्न ढिला गरेकाे स्थानीयवासीकाे आरोप छ ।
चालु आबको पहिलो महिना बित्नै लाग्दा पनि डडेल्धूराका कुनैपनि स्थानीय तहले आयव्यय विवरण नबुझाएको कोष तथा लेखा नियन्त्रणको कार्यालय डडेल्धूराले पुष्टि गरेकाे छ ।
वजेट बिनियोजनका छुट्टाइएका शीर्षकहरु अनुसार आन्तरिक लेखापरीक्षण र महालेखाबाट लेखा परीक्षण गरी आर्थिक वर्ष सकिएको एक महिनाभित्रै कोष तथा लेखा नियन्त्रणको कार्यलयमा पेश गरिसक्नु पर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












