इक्वेडरको बस दुर्घटनामा १२ जना कोलम्बियालीको मृत्यु
क्युटो, इक्वेडर ।इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिकको ज्यान गएको छ ।
इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान गएको कोलम्बिया सरकारले बुधबार जानकारी दिएको छ । त्यस दुर्घटनामा परी कूल १९ व्यक्तिको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा १२ जना कोलम्बियाली, चार भेनेजुएली र तीन जना इक्वेडरका नागरिक छन् । यस दुर्घटनाग्रस्त बसमा २३ व्यक्ति सवार रहेका इक्वेडरको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो बसलाई पर्यटकहरु बोक्ने अनुमति नरहेको कोलम्बियाको यातायात मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । उक्त बसमा रहेका दुई जना सवारी चालकमध्ये एक जनालाई पक्राउ गरिएको छ ।
इक्वेडरमा ट्राफिक दुर्घटनाका कारण धेरै मानिसहरुको मृत्यु हुने गरेको जनाइएको छ । प्रत्येक दिन सडक दुर्घटनामा परी यहाँ कम्तीमा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८० जना घाइते हुने गरेका छन् ।
Comments
अरु समाचार
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...











