ढल्केबर सवस्टेसन सञ्चालनमा
काठमाडौँ १, भदौ । मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ ।
नेपालकै हालसम्मको ठूलो स्वचालित २२०÷१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा आएको हो ।
सवस्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत् आयात शुरु भएको छ । ढल्केबर सवस्टेसन निर्माण नभएकाले यसअघि १३२ केभीमार्फत् विद्युत् आयात भइरहेको थियो ।
“ढल्केबर सवस्टेसन सञ्चालनमा आउनु र आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण हुनु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो,” उनले भने, “ढल्केबरमै ४००÷२२० केभीको अर्को सवस्टेसन निर्माण गरिरहेका छौँ, यसको काम पनि डेढ वर्षभित्रै सकिनेछ ।” विद्युत आदान–प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण भइसकेको थियो ।
सवस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत् आयात÷निर्यातका लागि ठूलो पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले जानकारी दिए ।
स्वचालित भएकाले काठमाडौँको स्युचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सवस्टेसनको सञ्चालन र अनुगमन गर्न सकिने छ । सवस्टेसनमा १६०÷१६० एमभीए, २२०÷१३२ केभीका दुई ट्रान्सफर्मर छन् । सवस्टेसन सञ्चालनमा आएपछि हिउँदमा बढी विद्युत् माग हुने समयमा भारतबाट थप विद्युत् आयातका लागि पूर्वाधार बनेकोे छ ।
यस्तै कुल ४५६ मेगावाटको माथिल्लो तामाकोशी निर्माण भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी निर्यात गर्नाका साथै उक्त लाइनमार्फत् इनर्जी बैंकिङ गर्न समेत बाटो खुलेको प्रवक्ता अधिकारीले जानकारी दिए । हाल सो प्रसारण लाइनबाट करीब १०० मेगावाट विद्युत् आयात भइरहेको छ ।
प्राधिकरणले गत हिउँदमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् बढी विद्युत् माग हुने समयमा दैनिकरूपमा १२० मेगावाटसम्म विद्युत् आयात गरेको थियो । अब थप करीब १५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरणका लागि हेटाँैडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण भइरहेको छ ।
यसअघि ढल्केबरमा सवस्टेसन बनाउन समय लागेपछि भारतको मुजफ्फपुर बिन्दुमा दुई ट्रान्सफर्मरमा भाडाका राखी विद्युत् आयात गरिएको थियो । ढल्केबर सवस्टेसन चार्ज भएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सफर्मर अब राख्नु नपर्ने प्रवक्ता अधिकारीले बताए ।
विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत सवस्टेसन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सवस्टेसन निर्माण गरिएको हो ।
प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँग १२ जुन २०१४ मा हेटौँडा, ढल्केबर र इनरुवामा सवस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो तर सन्तोषजक काम नगरेपछि प्राधिकरणले सिसिपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोडेको थियो । त्यसपछि ढल्केबर सवस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनवरी २०१८ मा ठेक्का सम्झौता गरिएको थियो । भारतीय ठेकेदार कम्पनी टेलमोसले छ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...












