अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे
सिड्नी १, भदौ । एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् । एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई दुरुपयोग नगरिएको स्पष्ट गरेको छ ।
अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालत समक्ष दिइएको बयानमा ती छात्रले मेलबोर्नको घरबाटै एप्पलको मेनफ्रेम कम्प्युटरमा अनधिकृत प्रवेश गरी ९० जिबी बराबरका गोप्य फाइल डाउनलोड गरेका थिए ।
त्यतिबेला ती स्कुले छात्रको उमेर १६ वर्ष थियो । एप्पलका उत्पादनका फ्यान उनी एक वर्षको बीचमा पटकपटक कम्प्युटर प्रणालीमा प्रवेश गरेका थिए र उनले अमेरिकी कम्पनी एप्पलमा काम गर्ने सपना साँचेका थिए, ती बालकका वकीलको भनाई उद्धृत गर्दै अखबारले लेखेको छ ।
एप्पलले ती छात्रले कम्प्युटर सिस्टममा प्रवेश गरेको प्राविधिकको टोलीले पत्ता लगाएपछि कानुन कार्यान्वयन इकाईमा उजूरी गरेको जनाएको छ ।
उक्त घटनाका सम्बन्धमा एफबीआई र अस्ट्रेलियाली संघीय प्रहरीले संयुक्त रुपमा अन्तर्राष्ट्रिय अनुसन्धान समेत गरेको अखबारले लेखेको छ । संघीय प्रहरीले अदालतमा अझै विचाराधीन मुद्दा रहेकोले यस बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
द एजका अनुसार प्रहरीले गत वर्ष ती स्कुले छात्रको घरमा छापा मारेको र ह्याक गर्दाका फाइल एवं अन्य विवरण सुरक्षित राखेका फोल्डर बरामद गरेको थियो । “दुईवटा एप्पल ल्यापटप बरामद गरियो र भित्री प्रणालीमा पहुँच रहेका सिरियल नम्बर फेला पारियो,” अभियोजन पक्षका एक वकीलले बताए ।
ह्याकमा प्रयोग गरिएको मोबाइल फोन र हार्ड ड्राइभ पनि प्रहरीले बरामद गरेको उनले जानकारी दिए ।
ती स्कुले छात्रले आफूले गल्ती गरेको स्वीकारेका छन् र यो मुद्दा अदालतमा विचाराधीन छ । अर्को महिना उनीमाथिको सजाय सुनाइने बताइएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











