कस्ता थिए आनन ? विश्व राजनितिज्ञको नजरमा
काठमाडाैं ३, भदाै । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोबल पुरस्कार विजेता कोफी आननको निधनपछि उनीप्रति विश्वभरका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
आननको शनिबार ८० वर्षको उमेरमा स्वीस सहर बर्नस्थित अस्पतालमा निधन भएको थियो ।
उनी थुप्रै वर्षदेखि जिनिभामा बस्दै आएका थिए ।
राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले आननलाई राम्रो विश्वका लागि एकजना मार्गदर्शक भनी सम्झिएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई उल्लेखनीय व्यक्ति भनी व्याख्या गरेका छन् ।
नेतृत्वदायी भूमिका
अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले आननले सधैँ राम्रो विश्व बनाउन चाहेको बताएका छन् ।
घानाका नागरिक आननले राष्ट्रसंघको प्रमुखको रुपमा सन् १९९७ देखि २००६ सम्म काम गरेका थिए र उक्त पदमा पुग्ने उनी एकमात्रै अश्वेत अफ्रिकी हुन् ।
त्यसयता उनले सिरियाका लागि राष्ट्रसंघीय विशेषदूतको भूमिका निर्वाह गरेका थिए र द्वन्द्व समाधानका लागि नेतृत्वदायी प्रयासहरूसमेत गरेका थिए ।
कोफी आनन फाउण्डेसनले केही समयको बिमारीपछि शनिबार शान्तिपूर्वक उनको निधन भएको जनाएको छ ।
असल राजनेता
फाउण्डेसनले एउटा विज्ञप्ति निकाल्दै उनी निस्पक्ष र शान्तिपूर्ण विश्वका लागि जीवनभर प्रतिबद्ध रहेको जनाएको छ ।
उनलाई मानव अधिकारको क्षेत्रमा काम गरेको भन्दै नोबल शान्ति पुरस्कार समेत दिइएको थियो ।
इरानको हमलालाई लिएर आननसँग विमती राखेका ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई सच्चा राजनेता र असल मित्र रहेको बताएका छन् ।
राष्ट्रसंघका अहिलेका प्रमुख गुटेरसले आफ्ना पूर्ववर्तीलाई श्रद्धाञ्जली दिनेमा नेतृत्व गर्दै कोफी आनन भनेकै धेरै अर्थमा राष्ट्रसंघ रहेको बताएका छन् ।
विवेकी
आननले कसैसँग तुलनै नहुने गरी गरिमा बढाएको र दृढ संकल्प राखेको पनि गुटेरसले बताएका छन् ।
रुसी राष्ट्रपतिले पनि रुसीहरूको दिलमा आननको सम्झना सदैव बाँच्ने बताएका छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले एक महान् अफ्रिकी कुटनीतिज्ञ र मानवअधिकारवादी मात्रै नगुमाएर अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका एक विवेकीलाई पनि गुमाएको बताएका छन् ।
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











