नेपाली ध्वजावाहक ह्वाइटबडिको जापान र कोरिया उडान अड्कायो, इयूको कालोसूचीले
काठमाडाैं ३, भदाै । युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेकाले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जापान र दक्षिण कोरियामा उ उडान अनुमति पाउन सकेको छैन। एयरबसको ए ३३० जहाज ल्याएको एयरलाइन्सले जापान र कोरिया उडान गर्ने योजना बनाएको थियो।
जापानको टोकियो र कोरियाको इन्छन विमानस्थलमा उडान गर्न स्लट(समयतालिका) पाए पनि त्यहाँको नियामक निकायले अनुमति (अन्तर्राष्ट्रिय एओसी) नदिँदा अनुमति पाउन ढिला भएको छ। युरोपियन युनियनको कालोसूचीको कारण देखाउँदै जापान र कोरियाले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन ढिला गरेको प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार कोरियाको उड्डयन सुरक्षा संसारकै कडा मानिन्छ। त्यसैले उनीहरू यहीँ आएर उडान सुरक्षा अवालोकन गरेरमात्र अनुमति दिन्छन्।
‘कोरियामा नेपाल एयरलाइन्सले उडान अनुमति पाउनु भनेको इयूको सूचीबाट उम्कनु बराबर हो, हामी सुरक्षामा अब्बल छौं भन्ने पुष्टि हुन्छ,’ गौतमले भने।
गत असार १४ गते पहिलो ए३३० जहाज ल्याएको एयरलाइन्सले दोस्रो जहाज साउन ११ मा ल्याएको थियो। २७४ सिट भएका ती जहाज लामो दुरीमा उडान गर्ने योजना बनाएको एयरलाइन्सले उडान अनुमति नपाउँदा अहिलेकै गन्तव्यमा उडान गरिररहेको छ।
कोरियाको उडान नियामक निकायको टोली यहाँ आएर सुरक्षा अडिट गर्न इच्छुक भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
‘उनीहरुले यहाँ आएर गर्ने अडिटको गाइडलाइन्स पठाएका छन्, हिजोमात्र त्यो हामीले पाएका छौं” उनले भने, ‘गाइडलाइन्स अनुसार कोरियाको टोलीलाई आफ्नै खर्चमा अब नेपाल एयरलाइन्सले बोलाउन सक्छ।’
इयूले केही वर्षअघि नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेको थियो। जुन अझै हट्न सकेको छैन।
सामान्यत: ८ घण्टाको व्यावसायिक उडान गरिने जहाज अहिले ३ घण्टाको उडानमै केन्द्रीत हुँदा एयरलाइन्सले नोक्सानी बेहोरिरहेको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












