नेपाली ध्वजावाहक ह्वाइटबडिको जापान र कोरिया उडान अड्कायो, इयूको कालोसूचीले
काठमाडाैं ३, भदाै । युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेकाले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जापान र दक्षिण कोरियामा उ उडान अनुमति पाउन सकेको छैन। एयरबसको ए ३३० जहाज ल्याएको एयरलाइन्सले जापान र कोरिया उडान गर्ने योजना बनाएको थियो।
जापानको टोकियो र कोरियाको इन्छन विमानस्थलमा उडान गर्न स्लट(समयतालिका) पाए पनि त्यहाँको नियामक निकायले अनुमति (अन्तर्राष्ट्रिय एओसी) नदिँदा अनुमति पाउन ढिला भएको छ। युरोपियन युनियनको कालोसूचीको कारण देखाउँदै जापान र कोरियाले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन ढिला गरेको प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार कोरियाको उड्डयन सुरक्षा संसारकै कडा मानिन्छ। त्यसैले उनीहरू यहीँ आएर उडान सुरक्षा अवालोकन गरेरमात्र अनुमति दिन्छन्।
‘कोरियामा नेपाल एयरलाइन्सले उडान अनुमति पाउनु भनेको इयूको सूचीबाट उम्कनु बराबर हो, हामी सुरक्षामा अब्बल छौं भन्ने पुष्टि हुन्छ,’ गौतमले भने।
गत असार १४ गते पहिलो ए३३० जहाज ल्याएको एयरलाइन्सले दोस्रो जहाज साउन ११ मा ल्याएको थियो। २७४ सिट भएका ती जहाज लामो दुरीमा उडान गर्ने योजना बनाएको एयरलाइन्सले उडान अनुमति नपाउँदा अहिलेकै गन्तव्यमा उडान गरिररहेको छ।
कोरियाको उडान नियामक निकायको टोली यहाँ आएर सुरक्षा अडिट गर्न इच्छुक भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
‘उनीहरुले यहाँ आएर गर्ने अडिटको गाइडलाइन्स पठाएका छन्, हिजोमात्र त्यो हामीले पाएका छौं” उनले भने, ‘गाइडलाइन्स अनुसार कोरियाको टोलीलाई आफ्नै खर्चमा अब नेपाल एयरलाइन्सले बोलाउन सक्छ।’
इयूले केही वर्षअघि नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेको थियो। जुन अझै हट्न सकेको छैन।
सामान्यत: ८ घण्टाको व्यावसायिक उडान गरिने जहाज अहिले ३ घण्टाको उडानमै केन्द्रीत हुँदा एयरलाइन्सले नोक्सानी बेहोरिरहेको छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












