नयाँ इतिहास रच्दैछन प्रचण्ड, के छ आन्तरीक तयारि ?
१० वर्ष भित्र अर्को इतिहास कायम राख्ने इच्छा छ
काठमाडाैं ४, भदाै । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु सोचेभन्दा विल्कुल फरक ठाउँमा आइपुगेको बताएका छन् । आफ्नो व्याक्तिगत जीवन, जनयुद्ध र अहिले पार्टी एकतासम्म आइपुग्दा सोचेको भन्दा फरक ठाउँमा आएको महसुस भएको बताएका हुन् ।
एक उपन्यासको विमोचन गर्दै अध्यक्ष प्रचण्डले राजनीति गर्दा नेतृत्व आफैले गर्नुपर्ला भन्ने कहिल्यै नसोचेको बताउँदै अहिले दुई पार्टीको एकतासम्म आइपुगेको बताए । ‘आफै नमरी स्वर्ग देखिँदैन भन्ने ठाउँमा पुगियो’, प्रचण्डले भने, ‘जनयुद्ध हुँदै यहाँसम्म आइपुगियो ।’
पृथ्वीनारायण शाहपछि जनयुद्धको ठूलो लडाइ भएको उल्लेख गर्दै उनले त्यसलाई शान्तिमा रुपान्तरण गर्ने, संविधान बनाउने, कार्यान्वयन गर्ने र अहिले पार्टी एकता गर्दै नयाँ ठाउँमा आइपुगिएको उनले बताए । देशको लागि सामान्य मान्छेले भन्दा फरक गर्ने महत्वकांक्षाले आफुलाई यहाँसम्म ल्याइपुर्याएको उनले प्रष्ट्याए ।
‘अहिले उमेरको उत्तरार्धमा आइपुगेको छु । तर अझै केही गर्ने महत्वकांक्षा छ’, उनले भने, ‘१० वर्ष भित्र अर्को इतिहास कायम राख्ने इच्छा छ ।’ काममा कहिले काँही अस्थीरता देखिए पनि महत्वकांक्षमा स्थीरता रहेको उनको भनाई छ । आफ्नो अस्थीरता र गतिशिलताको मूल्याङकन गर्ने जिम्मा इतिहास र जनताको भएको उनले बताए ।
स्कुल पढ्ने समयमा आफ्नो पाइलट र इन्जीनियर बन्ने इच्छा भए पनि एसएलसी पछि पाइलट बन्ने इच्छाका साथ विज्ञान पढेको समेत उनले खुलाए । ‘आइएस्सी पछि फेरी उदेश्य फेरियो, आर्मी बन्ने इच्छा आयो’, उनले भने, ‘त्यसको तयारीको लागि तामिम पनि गरियो तर राजनीतिमा मन गयो कृषि पढियो ।’ स्कुल जीवन देखिनै आफुलाई समयले विल्कुल फरक ठाउँमा लगेको उनको भनाई छ
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












