नयाँ इतिहास रच्दैछन प्रचण्ड, के छ आन्तरीक तयारि ?
१० वर्ष भित्र अर्को इतिहास कायम राख्ने इच्छा छ
काठमाडाैं ४, भदाै । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु सोचेभन्दा विल्कुल फरक ठाउँमा आइपुगेको बताएका छन् । आफ्नो व्याक्तिगत जीवन, जनयुद्ध र अहिले पार्टी एकतासम्म आइपुग्दा सोचेको भन्दा फरक ठाउँमा आएको महसुस भएको बताएका हुन् ।
एक उपन्यासको विमोचन गर्दै अध्यक्ष प्रचण्डले राजनीति गर्दा नेतृत्व आफैले गर्नुपर्ला भन्ने कहिल्यै नसोचेको बताउँदै अहिले दुई पार्टीको एकतासम्म आइपुगेको बताए । ‘आफै नमरी स्वर्ग देखिँदैन भन्ने ठाउँमा पुगियो’, प्रचण्डले भने, ‘जनयुद्ध हुँदै यहाँसम्म आइपुगियो ।’
पृथ्वीनारायण शाहपछि जनयुद्धको ठूलो लडाइ भएको उल्लेख गर्दै उनले त्यसलाई शान्तिमा रुपान्तरण गर्ने, संविधान बनाउने, कार्यान्वयन गर्ने र अहिले पार्टी एकता गर्दै नयाँ ठाउँमा आइपुगिएको उनले बताए । देशको लागि सामान्य मान्छेले भन्दा फरक गर्ने महत्वकांक्षाले आफुलाई यहाँसम्म ल्याइपुर्याएको उनले प्रष्ट्याए ।
‘अहिले उमेरको उत्तरार्धमा आइपुगेको छु । तर अझै केही गर्ने महत्वकांक्षा छ’, उनले भने, ‘१० वर्ष भित्र अर्को इतिहास कायम राख्ने इच्छा छ ।’ काममा कहिले काँही अस्थीरता देखिए पनि महत्वकांक्षमा स्थीरता रहेको उनको भनाई छ । आफ्नो अस्थीरता र गतिशिलताको मूल्याङकन गर्ने जिम्मा इतिहास र जनताको भएको उनले बताए ।
स्कुल पढ्ने समयमा आफ्नो पाइलट र इन्जीनियर बन्ने इच्छा भए पनि एसएलसी पछि पाइलट बन्ने इच्छाका साथ विज्ञान पढेको समेत उनले खुलाए । ‘आइएस्सी पछि फेरी उदेश्य फेरियो, आर्मी बन्ने इच्छा आयो’, उनले भने, ‘त्यसको तयारीको लागि तामिम पनि गरियो तर राजनीतिमा मन गयो कृषि पढियो ।’ स्कुल जीवन देखिनै आफुलाई समयले विल्कुल फरक ठाउँमा लगेको उनको भनाई छ
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












