करमा पुनर्विचार गर्न सरकारलाई चाैतर्फी दवाब
काठमाडाैं ४, भदाै । सांसदहरुले स्थानीय तहमा जथाभावी कर लगाउने काम गरेको भन्दै वैज्ञानिक कर प्रणालीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै अधिकांश सांसदहरुले जथाभावी कर लगाउने काम रोकिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद उमाकान्त चौधरीले जनताको क्षमता भन्दा बढी कर थोपरेर सरकार रमिते बनेको आरोप लगाए । उनले हत्या, हिंसा, अपहरण, बलात्कार जस्ता घटना दिनहुँ बढ्दै गएको र त्यसले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था चुनौतिपुर्ण बनाउदै लग्दा सरकार भने रमिते बनेर जनतालाई उडन्ते सपना बाडिरहेको दाबी गरे ।
उनले कर वृद्धिको बारेमा सरकारले पुर्नविचार नगरे मुलुकभर सरकार विरोधी आन्दोलन सुरु हुने चेतावनी दिए । ‘जनताको क्षमता भन्दा बढी कर थोपरेर त्यही करको आधारमा सम्वृद्ध राष्ट्र बनाउछु भनेर यदि ओली सरकारले सोचेको हो भने त्यो दिवा सप्ना मात्रै हुनेछ । लोकतन्त्र भनेको दुई तिहाईको बलमा जनविरोधी शासन गर्ने पद्धती होइन’ सांसद चौधरीले भने । प्रधानमन्त्रीले सदनको मर्यादा र गरिमा भुलेर अभिव्यक्ति दिने गरेको उनको आरोप छ ।
सांसद पुष्पा भुसाल गौतमले जथाभावी कर लगाउने काम भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । चना चटपटे र पानी पुरी बेच्नेलाई,गाईको दुध बेच्नेलाई कर लगाउने काम भएको भन्दै उनले सानो सानो पूँजीबाट व्यवसाय सुरु गर्नेमा पनि कर लगाउने काम भएको भन्दै सरकारले आफ्नो दायित्व पुरा गर्न कहाँ कसरी लगानी गरेको छ ? भनी प्रश्न गरिन् । गास बास कपास मौलिक हक भएकाले ती विषयमा कुनै पनि कर लगाउन नहुने भुषालको तर्क छ ।
सांसद प्रमोद शाहले करवृद्धि तथा इन्धनमा भएको मुल्यवृद्धिले दैनीक उपभोग्य बस्तुको मुल्य बढाउने काम भएकाले मुल्यवृद्धि नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराए ।
चुनाबमा मात्रै चिप्ला नारा लगाउने सरकारले जनतालाई चर्को मुल्यवृद्धि र करको बोझ बोकाएको टिप्पणी गरे ।
उखु किसानको पैसा नदिने मिल मालिकलाई सरकारले कारवाही नगरेको भन्दै उनले आक्रोश पोखे ।
सांसद देवप्रकाश तिमिल्सिनाले रोपाईको समयमा किसानलाई मलखाद उपलब्ध गराउन नसक्ने सरकारले रेल ल्याउने सपना देखाएको टिप्पणी गरे ।
सरकारले उखु किसानको भुक्तानी तत्काल दिने भने पनि अझै किसानले भुक्तानी नपाएको भन्दै ध्यानाकर्षण गराए । सरकार दायित्व पुरा गर्न भन्दा जनतामाथि कर थोपर्न मात्रै लागि परेको बताए ।
सांसद पम्फा भुसालले सबै मन्त्रालयले जिल्लास्थित कार्यालय स्थापना गरि केन्द्रको नेटवर्कमा चल्ने गरेर काम गरिरहेको खबर आएको भन्दै जिल्लामा बन्ने त्यस्ता कार्यालय प्रदेश मातहत राखिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् । करको भ्रमपुर्ण समाचारले संघीयता विरोधीले टाउको उठाउने अवस्था श्रृजना भएको भन्दै त्यसबारे सचेत हुदै संविधानको मर्म अनुसारको संयन्त्र बनाउन माग गरिन् ।
यसैबीच, सभामुख कृष्ण बहादुर महराले बैठकको सुन्य र विशेष समयमा उठेको कर र उखु किसानको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












