प्रधानमन्त्रीज्यू, प्रदेश सभा डुलेर रमाइलो र रोइलो छाड्नुस् ,काम गर्नुस्: गगन थापा
काठमाडाैं ५, भदाै । नेपाली कांग्रेसका सांसद गगन थापाले स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगमा नियुक्ती नगरिएकोमा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा थापाले प्रधानमन्त्री ओलीको अरूचीले संघीय प्रणालीको भविष्य अन्यौलमा परेको बताए।
‘प्रधानमन्त्रीको संघीयताको अरूचीले संघीय प्रणालीको भविष्यमा अन्यौल श्रृजना भएको छ’, थापाले भने, ‘उदाहरण हो करको कोलाहाल।’
उनले संविधानले प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गरेको तर नियुक्ती नभएकोमा आश्चर्य प्रकट गरे।
‘यो आयोगमा नियुक्ती किन नगरेको’, थापाले सोधे, ‘तत्काल नियुक्ती गरेर ऐनको त्रुटी सच्याएर नियमावली बनाएर नियम अनुसार काम अगाडि बढाउनुपर्नेमा कर्मचारीको आदेशमा समस्या समाधान खोज्दै छ।’
थापाले स्थानीय सरकार सञ्चालन ऐनले कुन कुन क्षेत्रमा कर लगाउने भनेर स्पष्ट पारे पनि नियमावली नबनेका कारण थ्रुपै समस्या भएको बताए। ‘खै नियमावली खै? नियमावली मात्र बनेको भए अहिलेको थुप्रै समस्या आउँदै आउँदैनथ्यो’, थापाले भने, ‘कर के मा लगाउने ऐनले भन्थ्यो कर कसरी लगाउने नियमले भन्थ्यो। तर, जिम्मेवारी बोकेर बस्नुभएका मन्त्रीजी दिनमा दुई पटक कर्मचारीलाई निर्देशन दिनुहुन्छ। जिम्मा लिएको सचिव दिनमा दुई पटक सांसदलाई निर्देशन दिन थाल्नुभएको छ।’
प्रधानमन्त्रीले बोलाएर नियमावली नबनाएको विषयमा सचिवलाई सोध्नुपर्ने तर्क थापाले गरे।
उनले केन्द्रमा बढी राजश्व उठाउने सबैभन्दा सफल अर्थ मन्त्रीको मानक बनेकै कारण स्थानीय सरकारले त्यही सिकेको बताए।
‘प्रधानमन्त्रीलाई आग्रह गर्छु प्रदेश सभा डुलेर उपदेश दिन छाड्नुस्। अन्तर्वातामा रमाइलो र रोइलो छाड्नुस्। प्रधानमन्त्रीज्यू गर्नुपर्ने काम गर्नुस्।’
उनले संघीयता असफल भए प्रधानमन्त्री सफल नहुने दाबी गरे।
‘यति मात्र बुझिदिए पुग्छ, संघीयता असफल भए प्रधानमन्त्री सफल बन्नुहुन्न’, थापाले भने।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












