प्रभु बैंकको उच्च व्यवस्थापनमा थपिए दुई युवा बैकर , सीओओमा थकाली, सीसीओमा लम्साल नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुईजना थपिएका छन् । बैंक व्यवस्थापनमा प्रमुख पाँच शक्तिशाली पद मानिने चिफ अपरेटिङ अफिसर अधिकृत (सीओओ)मा दिनेश तकाली र चिफ क्रेडिट अफिसर (सीसीओ)मा निरज लम्साल नियुक्त भएका हुन् ।
सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनले जानकारी दिए । सीइओ शेरचनका अनुसार सीसीओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।
थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीइओ थिए । ३२ वर्षको उमेरमै तत्कालीन सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीइओको भूमिकामा थिए ।
‘छुट्टा छुट्टै संस्थामा उच्च व्यवस्थापनमा रहेर सफलतापूर्वक काम गरेर प्रमाणित गरेका थकाली र लम्सालको आगमनले प्रभु बैंक अझ बलियो हुने र नयाँ उचाइमा पुग्ने विश्वास लिएको छु,’ शेरचनले क्लिकमाण्डूसँग भने ।
थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङ्गटन, हिडा, जापान, एआइटी, थाइलैण्ड, फिच्ट लर्निङ्ग, सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विद्यामा अध्ययन तथा तालिम लिएका छन् ।
सीओओ थकाली
त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए ।
त्यसैगरी, चिफ क्रेडिट अफिसरमा नियुक्त भएका लम्साल यसअघि नेपाल बंगलादेश (एनबी) बैंकको सिनियर म्यानेजर तथा कर्पोरेट अफिसको ब्राञ्च म्यानेजर थिए । लम्सालसँग १९ वर्षसम्म एनबी बैंकमा विभिन्न शाखको प्रमुख भएर काम गरेको अनुभव छ । पछिल्लो अढाई वर्ष उनी सिनियर म्यानेजरको रुपमा काम गरे ।
सीसीओ लम्साल
त्रिभुवन विश्व विद्यालयबाट एमबिएसम्मको अध्ययन पूरा गरेका लम्साल विद्यार्थी जिबनकालमै सन् १९९९ मा एनबी बैंकमा म्यानेजमेन्ट ट्रेनीको रुपमा काम गरेका थिए ।
थकाली र लम्सालले सीधै सीइओ शेरचनलाई रिपोटिङ गरे पुग्छ । तसर्थ यी दुबै पदलाई सीइओको विषेश सहयोगीको रुपमा लिइन्छ ।
सीइओ शेरचनले दुई जुझारु युवा बैंकरको आगमनले बैंकलाई नयाँ उचाइमा पुर्याउन ठूलो मद्दत पुग्ने बताए ।
‘छुट्टा छुट्टै संस्थामा उच्च व्यवस्थापनमा रहेर सफलतापूर्वक काम गरेर प्रमाणित गरेका थकाली र लम्सालको आगमनले प्रभु बैंक अझ बलियो हुने र नयाँ उचाइमा पुग्ने विश्वास लिएको छु,’ शेरचनले क्लिकमाण्डूसँग भने ।
तत्कालीन किष्ट र ग्राण्ड बैंकको व्यवस्थापनले जथाभावी प्रभाव गरेको कतिपय ऋणका उठाउन प्रभु बैंकलाई निकै सकस पर्यो । तर, शेरचन नेतृत्वको ब्यवस्थापनले किष्ट र ग्राण्डको खराब ऋण उठाएर बैंकलाई सही ट्र्याकमा ल्याइसकेको छ ।
शेरचनकै नेतृत्वमा प्रभु फाइनान्स कम्पनीले दुई ठूला वाणिज्य बैंक मर्जर तथा एक्वायर गरेर प्रभु बैंकको नाममा कारोबार गरिरहेको छ । तत्कालीन प्रभु फाइनान्सले किष्ट बैंकलाई गाभेर प्रभु बैंकको रुपमा कारोबार गरेको थियो । त्यसको केही वर्षपछि प्रभु बैंकले तत्कालीन ग्राण्ड बैंकलाई गाभेको थियो ।
तत्कालीन किष्ट र ग्राण्ड बैंकको व्यवस्थापनले जथाभावी प्रभाव गरेको कतिपय ऋणका उठाउन प्रभु बैंकलाई निकै सकस पर्यो । तर, शेरचन नेतृत्वको ब्यवस्थापनले किष्ट र ग्राण्डको खराब ऋण उठाएर बैंकलाई सही ट्र्याकमा ल्याइसकेको छ ।
‘किष्ट र ग्राण्डको खराब ऋण उठाएर बैंकलाई सही बाटोमा ल्याउन हामीलाई केही वर्ष लाग्यो,’ शेरचनले भने, ‘अहिले बलियो व्यवस्थापन टिम निर्माण भएको छ, अब बैंकले ग्रोथको स्पीड बढाउँछ ।’
प्रभु फाइनान्सले नेपालमा पहिलोपटक फाइनान्सले दुई वटा वाणिज्य बैंक गाभेर आफ्नो नाममा कारोबार गरेको हो । प्रभु बैंकमा प्रभु समुहको लगानी छ । प्रभु बैंकका अध्यक्षसमेत रहेका देवी प्रकाश भट्टचन प्रभु समुहका अध्यक्ष पनि हुन् ।
रेमिट्यान्स सेवा प्रदायक कम्पनी प्रभु मनि ट्रान्सफरबाट ब्यापारमा जमेको प्रभु समुहले अहिले प्रभु बैंक, प्रभु इन्स्योरेन्स, प्रभु मनि ट्रान्सफर, प्रभु हेलिकप्टर, प्रभु टिभी, प्रभु म्यानेजमेन्ट, प्रभु कोअपरेटिभ लगायतका सेवा क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेको छ ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











