टुङगायो नेकपाले ६६ जिल्लाको भागबण्डा,कस्ले कहाँ गर्दैछ नेतृत्व ? (सूचीसहित)
काठमाडौं ६, भदौ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ । गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद भएका कारण प्रदेश कार्यदललाई बिहीबारसम्मको समय दिइएको छ ।
बिहीबारसम्म पनि तलबाटै सहमति भएर नआए केन्द्रीय सचिवालयले माथिबाटै विवादित जिल्लाको नेतृत्व चयन गर्ने स्रोतले जनाएको छ ।
नेकपाका ७ वटा प्रदेश कार्यदलमध्ये अधिकांशले आफ्नो सिफारिससहितको प्रतिवेदन महासचिव विष्णु पौडेल समक्ष पेश गरिसकेका छन् ।
गण्डकी प्रदेशले भने जिल्लामा सर्वसम्मत नेतृत्व सिफारिस गर्न नसकेपछि तत्कालिन एमाले र तत्कालिन माओवादी दुवैतर्फका अध्यक्षका दाबेदारको नाम सिफारिस गरेको छ ।
हालसम्म ६६ जिल्ला कमिटीको भागबण्डा टुंगिएको छ । नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० जिल्लामा अध्यक्ष पाएको छ भने तत्कालिन माओवादीले २६ जिल्लामा अध्यक्ष पाउने गरी सिफारिस गरिएको छ । प्रदेश २ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन ।
प्रदेश १ : प्रदेश १ मा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, स’नसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन ।
प्रदेश २ : प्रदेश २ का सप्तरी, धनुषा, सर्लाही र पर्साको नेतृत्व एमालेले पाउने र महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व माओवादीले पाउने समझदारी भएको छ ।
प्रदेश ३ : प्रदेश ३ मा मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीका नेतृत्व तत्कालिन एमालेले पाउने सहमति भएको छ । माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ ।
प्रदेश ५ : प्रदेश ५ मा एमालेले रुपन्देही, अर्घाखाँची,गुल्मी,पाल्पा, कपिलवस्तु, प्युठान र दाङ जिल्लाको नेतृत्व पाउने भएको छ । माओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।
कर्णाली प्रदेश : कर्णाली प्रदेशका १० जिल्लामध्ये एमालेले ५ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन् । कालिकोट र मुगु कसले लिने भन्नेमा विवाद भएको छ । एमालेले दैलेखे, सुर्खेत, जुम्ला र डोल्पा लिने सहमति भएको छ ।
त्यस्तै माओवादीले जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व पाउने सहमति भएको छ । माओवादीले कालिकोट र एमालेले मुगु लिएर सहमति हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
प्रदेश ७ः प्रदेश ७ का ९ जिल्लामध्ये एमालेले कैलाली, बैतडी, अछाम,बाजुरा र डोटीको नेतृत्व पाएको छ । माओवादीले कञ्चनपुर,दार्चुला, डडेलधुरा र बझाउन जिल्लाको नेतृत्व पाउने भएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












