यसरि हुदैछ नेपाल र मलेसिया सरकारविच जी टु जी सम्झाैता,मलेसियाले पठायो एमओयु को मस्याैदा
काठमाडौँ ६, भदाै । जेठ ३ गतेदेखि बन्द भएको मलेसिया रोजगारीको समस्या अब बिस्तारै समाधानतर्फ अगाडि बढेको छ ।
आइतबार मलेसियाको मानव संशाधन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् कामदारको आपूर्तिसम्बन्धमा समझदारी गर्न एमओयुको खाका पठाएसँगै यसले तीब्रता पाएको हो । मलेसियाले नेपाल सरकारसँग कामदारको हकहित र सुरक्षाका सम्बन्धमा व्यापक सुधार गर्दै एमओयुको खाका नेपाल पठाएको हो ।
यसरी आयो मलेसिया रोजगारीमा दरार
मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारहरुले भिसा पाउने प्रक्रियाका लागि नै प्रति कामदार १८ हजार २ सय रुपैयाँ तिर्नु परिरहेको थियो । नेपालमा अनुमति नै नलिई माइग्राम्स, बायोमेट्रिक, आईएससी, ओएससी र भिएलएन नामक संस्थाबाट रोजगारीमा जाने कामदारहरु लुटिएकोबारे रातोपाटीले निरन्तर खोज समाचार प्रकाशन गर्यो ।
२०७५ साल वैशाख १७ गतेबाट रातोपाटीले लगातार मलेसिया रोजगारीका ढाट र लुटबारे समाचारको शृङ्खला पस्केको थियो ।
यसै समाचार र सूचनामा प्राप्त तथ्य र प्रमाणका आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जेठ ३ गते एकतर्फीरुपमा माइग्राम्स, बायोमेट्रिक, आएससी, ओएससी र भिएलएन खारेजीको घोषणा गरिदिए । त्यसलगत्तै मलेसियामा रोजगारीका लागि जाने सबै बाटो बन्द भयो ।
यसबीचमा मलेसियामा नेपाली कामदारको चरम संकट भयो । मलेसियन सरकारले पटकपटक नेपाल सरकारलाई कामदार पठाइदिने बाटो खुल्ला गर्न आग्रह गर्यो । तर नेपाल सरकारले भने कामदारले तिर्नु परिरहेको अत्याधिक महङ्गो शुल्क नघटाएसम्म कामदार नपठाउने अड्डी लिइरह्यो ।
नेपाल सरकारले यथाअवस्थामा कामदार नपठाउने अडान लिइरहँदा मलेसियामा निर्वाचन भयो र सो निर्वाचनले सत्तारुढ दललाई पाखा लगाइदियो । नयाँ सरकार र मन्त्रिमण्डल बन्न केही समय लाग्यो ।
मलेसियामा नेपाली ‘गुर्खाज’ लाई मात्रै सुरक्षाको जिम्मा
यहीबीचमा मलेसियामा नेपाली कामदार ल्याउनुपर्ने भन्दै मानव संशाधन मन्त्रालयबाहिर धर्ना दिनेसम्मको काम भयो । मलेसियाको नीतिले नै सुरक्षागार्ड वा सुरक्षाको जिम्मा नेपाली सुरक्षागार्डलाई मात्रै दिने गरेको छ । ३ महिनासम्म पनि नेपाली सुरक्षागार्ड नपाएपछि उनीहरु आन्दोलन गर्नै बाध्य बने र नेपाली सुरक्षा गार्डको विकल्प नभएको भन्दै जसरी पनि नेपाली कामदारलाई मलेसिया भित्र्याउने उपाय रच्न सरकारलाई दबाब दिए ।
यहीबीचमा साउनको पहिलो साता मलेसियाको मानव संशाधन मन्त्रालयका उच्चस्तरीय टोली सुटुक्क काठमाडौँ आयो र श्रम मन्त्रालयसँग छलफल गरी एमओयु गर्नेतिर अगाडि बढ्ने सहमति गरी फर्किए । यो छलफलमा नेपालले उठाएका अधिकांश मागको सम्बोधन गर्नेतर्फ अगाडि बढ्ने छलफलको निस्कर्ष भयो ।
त्यसलगत्तै मलेसियाले छलफलमा समेटिएको विषय र नेपाल सरकारले गरेको माग अनुसार खाका बनाउन थाल्यो । र, भदौ ३ गते आइतबार मात्रै मलेसिया सरकार र नेपाल सरकारबीच नेपाली कामदार लैजाने सम्बन्धमा एमओयुका लागि खाका नेपाल पठायो ।
यतिबेला श्रम मन्त्रालयले अति गोप्य ढङ्गबाट मलेसिया सरकारले पठाएको एमओयुको बुँदाहरुमाथि सरोकारवालासँग छलफल गरिरहेको छ । अहिले मलेसिया सरकारले पठाएको एमओयुका अधिकांश विषय नेपाल सरकारले उठाएको मागसँग सम्बन्धित छ र नेपाली कामदारको हितमा हुनेगरी सहमति हुन सक्नेछ ।
यस्ता छन् एमओयुका मुख्य विषयहरु
माइग्राम्स र बायोमेट्रिकका सम्बन्धमा
मलेसिया सरकारले माइग्राम्स र बायोमेट्रिकका सम्बन्धमा नयाँ व्यवस्था गर्न लागेको छ । तत्कालका लागि बेस्टीनेट कम्पनीको बायोमेट्रिक खारेज गर्ने र माइग्राम्स पनि हटाउने तयारी गरिएको छ । यद्यपि मेडिकल स्क्रिनिङ भने आवश्यक रहेको भन्दै यसका लागि विशेष व्यवस्था गर्ने तयारी छ । तत्कालका लागि गुणस्तरीय मेडिकल चेकको व्यवस्था गर्न न्युनतम मापदण्ड तोकी सोहीअनुसार कार्य गर्ने एमओयुको बुँदामा उल्लेख छ ।
आईएससी, भिएलएन र ओएससीका सम्बन्धमा
इमिग्रेसन सेक्युरिटी क्लिरेन्स (आईएससी), वान स्टप सेण्टर (ओएससी) र भिजा लुअर नेगेरा (भिएलएन) बारे भने अन्यौल कायमनै छ । तर कालान्तरमा सरकारी संयन्त्रमार्फत् नै सिस्टम बनाएर यसलाई व्यवस्थित गर्न सकिनेबारे उल्लेख गरेको छ ।
यी तीन संस्थाको अस्तित्व यथावत नै रहेपनि यहाँ पैसा भने तिर्नुपर्ने छैन । रोजगारदाता कम्पनी अर्थात् कामदार लैजाने कम्पनीले नै यी संस्थामा लाग्ने पैसा तिर्नेछन् । कामदार पठाउने म्यानपावर कम्पनीलाई नै रोजगारदाता कम्पनीले एकमुष्ठ पैसा दिने छ र त्यही पैसाबाट म्यानपावर कम्पनीले यी संस्थालाई तिर्नुपर्ने पैसा दिनेछन् । यसबापत कामदारबाट थप पैसा लिन पाइने छैन ।
भिसा र टिकट सबै फ्रि हुने सम्भावना
नेपाल सरकारले नेपालबाट जाने कामदारको प्रोसेसिङ खर्च मात्रै होइन, भिसा र टिकटसमेत फ्रि गर्न माग गरेको थियो । नेपाल सरकारको यही मागलाई सम्बोधन गर्दै मलेसिया सरकारले पनि अधिकांश कम्पनीबाट भिसा शुल्क र टिकटसमेत पठाउने गरी तयारी गरेको छ । यद्यपि टिकट दिन नसक्ने केही साना कम्पनीको हकमा भने छुट्टै व्यवस्था गर्ने गरी तयारी भइरहेको छ ।
अब २४ सै घण्टा इन्सुरेन्स
मलेसिया रोजगारीमा अर्को प्रमुख समस्या भनेको इन्सुरेन्सकै समस्या थियो । अब नेपाल सरकार र मलेसिया सरकारबीच हुन लागेको एमओयुले भने यस विषयलाई पनि समेट्न लागेको छ । हाल मलेसियामा रोजगारीमा जाने कामदारहरुको इन्सुरेन्स वर्किङ आवरको मात्रै हुने गरेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने २४ सै घण्टा इन्सुरेन्सको व्यवस्था गर्न माग गरेको थियो । यसअघि काम गर्दागर्दा कोही दुर्घटनामा परेमा वा कसैको मृत्यु भएमा मात्रै इन्सुरेन्स क्लेम गर्न मिल्ने व्यवस्था थियो ।
यदी ‘२४ आवर’ इन्सुरेन्सको व्यवस्था भएमा मलेसियामा काम गर्ने नेपाली श्रमिकहरुलाई यसबाट ठूलै राहत मिल्लेछ । सडक दुर्घटना वा अन्य दुर्घटनामा परेकाहरुले पनि क्षतिपूर्ति पाउनेछन् ।
मलेसियाली कामदारसरह सेवा र सुविधा
अहिले नेपाल सरकारले मलेसियामा काम गर्न जाने कामदारहरुको सम्बन्धमा मलेसियाली नागरिकसरहको व्यवहार गर्न र सुरक्षा दिन माग गरेको छ । नेपाल सरकारको मागलाई मलेसिया सरकारले पनि सकारात्मक रुपमा लिँदै समान ज्याला र समान सामाजिक सुरक्षाको व्यवस्था गर्ने गरी एमओयुमा बुँदा समावेश भएको छ ।
छिटोमा २ साता, बढीमा १ महिनामा एमओयु
मलेसियाली संसदका एकजना सदस्यका अनुसार मलेसियामा नेपाली कामदारको मागले सरकारलाई टाउको दुखाइको विषय बनेको छ । मुख्यतः सेक्युरिटी गार्डमा नेपालीबाहेक अन्य देशका नागरिकलाई नलिने नीतिका कारण पनि यो समस्या पेचिलो बन्दै गएको छ । त्यसकारण पनि मलेसिया सरकार चाँडै नै नेपालसँग एमओयु गरी कामदार लैजान चाहन्छ ।
हाल मलेसिया सरकारले एमओयुको खाका नेपाल सरकारलाई पठाइसकेको र फास्ट ट्रयाकमा एमओयु गर्न चाहेको ती मलेसियाली सांसदको भनाई छ । यसकारण अब छिटोमा २ साता र बढीमा पनि १ महिनाभित्र नेपाल र मलेसिया सरकारबचि कामदार लिने दिने सम्बन्धमा एमओयु हुने उनको दाबी छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












