नेपाली सुरक्षा ब्यवस्थामा प्रश्न चिन्ह खडा,मोदीसहित थाइल्याण्ड र म्यानमारका राष्ट्रपतिले हतियारसहित सुरक्षाकर्मी ल्याउने
काठमाडाैं ७, भदाै । यही भदौ १४ गतेदेखि काठमाडौंमा बिमस्टेक सम्मेलन सुरू हुँदैछ। सम्मेलनमा भाग लिनका लागि बंगलादेश, भुटान इन्डिया, नेपाल म्यानमार, थाइल्याण्ड श्रीलंकाका प्रधानमन्त्री वा राष्ट्रप्रमुख नेपाल आउने कार्यक्रम छ।
२ दिनसम्म चल्ने सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन्।
सम्मेलनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन माइन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आफ्नै देशका सुरक्षाकर्मी र हतियारसँगै ल्याउने भएका छन्।
सम्मेलनमा सहभागी हुनुपूर्व उनीहरूले परराष्ट्र मन्त्रालयमार्फत् आयोजक राष्ट्र नेपाललाई यस विषयमा जानकारी गराइसकेका छन्। कति जना सुरक्षाकर्मी र कुन हतियार ल्याउने भन्ने विषय उनीहरूले खुलाएका छैनन्।
‘आफूहरूसँगै ल्याउने सुरक्षाकर्मी र हतियारबारे उनीहरूले केही दिनमा नै लिखित जानकारी दिनेछन्, ‘गृह मन्त्रालयका एक उच्च अधिकारीले न्युज-नेपालसँग भने, ‘विमानस्थलमा खटेका प्रहरीले हतियारका बारेमा जानकारी लिन्छन्।’
‘हतियार कति ल्याए, सँगै लैजान्छन् कि लैजाँदैनन् यस विषयमा विमानस्थलमा खटेको विशेष प्रहरी युनिटले कडा निगरानी राख्छ, ‘प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दियो।
पहिला पहिला भारतले मात्रै सुरक्षाकर्मी र हतियार ल्याउने गर्दथ्यो। अहिले भारतको देखासिकी गरेर अन्य देशहरूका प्रमुखले पनि आफ्नै सुरक्षाकर्मी र हतियार ल्याउन लागेका छन्। अन्य देशहरूले भने आफ्नो सुरक्षाकर्मी ल्याउने छैनन्।
सहयोगीहरू मात्र लिएर आउने गृह मन्त्रालयले जनाएको छ। आफ्नै सुरक्षाकर्मी ल्याउनेहरूका लागि पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपालका प्रहरीका पूर्वडिआइजी यसलाई सामान्य रूपमा लिन्छन् ।
पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले हतियार सरकारसँग अनुमति लिएर ल्याउन पाइने बताए।
‘हतियारसहित आउँदा र जाँदाको सबै जानकारी प्रहरीले राख्नुपर्छ’ डिआइजी मल्लले भने।
उनीहरूले हतियारसहित सुरक्षाकर्मी ल्याउँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको सुरक्षामा खोट लगाउन नहुने उनले बताए।
गत वैशाखको तेस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए। जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा गरेका उनले त्यसताका भारतबाटै आफ्नो सुरक्षाका लागि कमाण्डोहरू हतियारसहित ल्याएका थिए।
मोदीले नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षाकर्मी र हतियार ल्याएपछि सरक्षा दिने निकायहरूको आलोचनासमेत भएको थियो। कतिपय सांसदहरूले संसदमा यस कुराको विरोध जनाएका थिए। सम्मेलनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खट्ने भएका छन्।
नेपाल प्रहरीले उपत्यकाबाहिर रहेका सबै जना एसएसपीलाई उर्दी जारी गरेर काठमाडौं बोलाइसकेको छ। अतिथिहरू बस्नका लागि होटल र इमर्जेन्सी उपचारका लागि अस्पतालहरूसँग स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












