एसियाली खेलकुदमा तेक्वान्दो पदकविहीन:आश गरेकै खेलमा निराश
काठमाडाैं ७,भदाै । नेपाललाई सर्वाधिक पदक दिलाउने तेक्वान्दो खेल यसवर्ष इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदमा भने पदकविहीन भएको छ । यो सँगै लगातार तीन एसियाली खेलकुदमा तेक्वान्दोले पदक दिलाउन सकेन ।
एसियाली खेलकुदमा नेपालले अहिलेसम्म १ रजत र २२ कांस्य पदक जितेको छ । जसमा तेक्वान्दोबाटै नेपालले १ रजत र १३ कांस्य गरी १४ पदक जितेको छ ।
१९८६ मा दक्षिण कोरियामा पहिलोपटक पदक दिलाएको तेक्वान्दो १९९० मा चीनमा भएको एसियाली खेलकुदमा भने पदविहीन थियो । त्यसपछि १९९४, १९९८, २००२ र २००६ मा इज्जत धानेको तेक्वान्दो २०१० र २०१४ मा पदकविहीन थियो ।
तेक्वान्दोको अन्तिम दिन बिहीबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गरेकामा दुवै निराश बने । महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले नेपालको तेक्वान्दोको आश पूरा गर्न सकेनन् ।
अस्मिता प्रि-क्वार्टरफाइनलमा इरानी खेलाडी कियानीचान्दे नाहिदसँग ४३-४ अंकले पराजित भइन् । ज्ञानेन्द्र पनि प्रि-क्वार्टरफाइनलमा मलेसियाली खेलाडी रोजाइमी रोजालीसँग ३०-२ ले पराजित भए । पहिलो चरणको खेलमा उनले भुटानका वाङचुक जिग्मेलाई ३९-१७ अंकका आधारमा पराजित गरेका थिए ।
बुधबार पुरुष ६३ केजीमुनि नेपालका वीरबहादुर महरा पि्रक्वार्टरफाइनलमै रोकिएका थिए । वीर काजाकिस्तानका खेलाडीसँग ३०-१९ ले पराजित भए । त्यसअघि वीरले अफगानिस्तानका खेलाडीलाई २४-१३ ले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका थिए । साथै पुरुष ८० केजी तौल समूहमा नेपालका भुपेन श्रेष्ठ अफगानिस्तानका रमेश हुसानीसँग २७-७ ले पछि परे ।
मंगलबार महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वार्टरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०-० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८-६ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।
महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२-६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१-० को सहज जित दर्ता गरे ।
तेक्वान्दोमा नै सोमबार गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वार्टरफाइनलमा पराजित भएका थिए । सागर भियतनामका खेलाडीसँग २५-५ अंकले पराजित भए । त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४-४० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३-१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०-१७ ले पछि परे ।
यस्तै आइतबार तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङले पनि राम्रो खेल देखाउन सकेनन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईका खेलाडीसँग चुके ।
महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईसँग नै पछि पर्यो । त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाइ घोषित भएपछि नेपाल सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
तेक्वान्दोमा कहिले कसले पदक जिते ?
१९८६ मा : कास्य पदक – राजकुमार राई, बिधान लामा, राजकुमार बुढाथोकी र रामबहादुर घर्ती क्षेत्री
१९९४ मा : कांस्य पदक – मानबहादुर शाही
१९९८ मा : रजत पदक – सविता राजभण्डारी
कांस्य पदक – सपना मल्ल र किशोर श्रेष्ठ
२००२ मा : कांस्य पदक – दीपक बिष्ट, रेनुका मगर र रितुजिमी राई
२००६ मा : कांस्य पदक – दीपक बिष्ट, मनिता शाही र आयशा शाक्य
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












