कञ्चनपुर गोली श्रृङखलामा बालक मारिएपछि गृहमन्त्री दवावमा, स्थानीयको शंका ‘भीआइपी’ माथी
काठमाडाैं ९, भदाै । कञ्चनपुरमा भड्किएको हिंसाले मानिसको ज्यान लिएपछि सरकार भित्र तरङ्ग पैदाभएको छ ।
नेकपाका नेता भीम रावलले ऋषि धमलासंग कुरा गर्दै कांग्रेसीले कञ्चनपुरको घटनालाई राजनीतिकरण गरेर नेकपाका नेता तथा कार्यकर्तालाई आक्रमण गरेको अभिव्यक्ति दिएपछि शान्त भएसकेको कञ्चनपुर फेरी अशान्त बन्न पुगेको हो ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको निष्पक्ष छानवीनको माग गर्दै सडका उत्रेका सर्वशाधारणमाथी बएको प्रहरी दमनका कारण सरकारका गृहमन्त्री समेत आलोचित हुन पुगेका छन् ।
आखिर प्रहरीले किन मानसिक सन्तुलन गुमाएका मानिसलाई अभियुक्तका रुपमा सार्वजनिक गर्यो त यो कुराले नै घटनालाई थप आशंकगर्ने ठाउ छोडेको छ । विभिन्न समाचार र स्थलगत अध्ययनले घटनामा छानवीन गर्दा प्रहरी चुकेको देखिन थालेको छ ।
घटनालाई थप रहस्यमय बनाउनमा प्रहरी नै लागि परेको पीडितको भनाई छ । निर्मला होमवर्क गर्न गएको घरदेखि नै अनुसन्धान हुनुपर्नेमा उनीहरुको जोडदार माग छ तर प्रहरी उनीहरुको कुरा नै नसुनेको आरोपहरु छरपस्ट हुन थालेका छन् ।
निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुला भन्ने ठाउँमा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन ।
स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे ।
पीडितको माग भनेको छानवीनको दायरामा बम दिदिबहिनी र त्यहाँ आवतजावत गरिरहने दुई युवालाई समेत हुन पर्छ भन्ने छ तर, प्रहरी यता तिर लाग्न त के थोरै कुरा सम्म सोध्न तयार थिएन ।
एसपी विष्टले घटनालाई अनुसन्धान गर्नुको साटो मानसिक सन्तुलन गुमाएका अभियुक्त करार गरेर किटानी जाहेरी दिन दवाव दिइरहे ।
यता गृहमन्त्रालयले छानवीनका लागि समिति बनायो, प्रहरी प्रमुख, सिडियोलाई फिर्ता बोलायो तर नयाँ नेतृत्व पठाएपनि आन्दोलनमा बालकले ज्यान गुमाउनु पर्यो नै ।
यसैले कतै गृहमन्त्रीको राजीनामा नै दिए बाध्य त पार्दैनन् कञ्चनपुरवासीले ?
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











