विश्वकप क्रिकेटको ट्रफी अक्टोबरमा काठमाडाैँ ल्याइने
एजेन्सी । क्रिकेटको इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी सन् २०१८ को अक्टोबरमा नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शनिबार विश्वकप क्रिकेटको ट्रफी टुरबारे जानकारी दिँदै ट्रफी नेपालमा पनि प्रदर्शनीमा राख्ने बताएको हो ।
सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप अघि ट्रफी टुर हुन लागेको हो । त्यसै क्रममा अक्टोबर २७ देखि २९ सम्म नेपालमा ट्रफी प्रदर्शनमा राखिने उल्लेख गरिएको छ ।
आइसीसीले विश्वकप खेल्ने १० राष्ट्र र अन्य ११ देशका ६० शहरमा ट्रफी पुर्याउने बताएको छ । ट्रफी नेपाल जस्ता क्रिकेटको विकासमा अगाडि बढरहेका देशमा प्रदर्शनीमा राखिने आइसीसीले जारी गरेको मिडिया रिलिजमा उल्लेख छ ।
आइसीसीको दुबईस्थित मुख्यालयबाट ट्रफी टुर अगस्ट २७ देखि सुरु भइ सन् २०१९ फेब्रुअरी १९ मा सकिनेछ ।
ट्रफी टुर दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्टइन्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल, भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी हुँदै २०१९ फेब्रुअरी १९ मा आयोजक इंग्ल्याण्ड र वेल्स पुग्ने बताइएको छ । त्यसपछि विश्वकप सुरु हुनुअघि त्यहाँ १०० दिनको डोमेस्टिक टुर हुनेछ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












