विश्वकप क्रिकेटको ट्रफी अक्टोबरमा काठमाडाैँ ल्याइने
एजेन्सी । क्रिकेटको इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी सन् २०१८ को अक्टोबरमा नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शनिबार विश्वकप क्रिकेटको ट्रफी टुरबारे जानकारी दिँदै ट्रफी नेपालमा पनि प्रदर्शनीमा राख्ने बताएको हो ।
सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप अघि ट्रफी टुर हुन लागेको हो । त्यसै क्रममा अक्टोबर २७ देखि २९ सम्म नेपालमा ट्रफी प्रदर्शनमा राखिने उल्लेख गरिएको छ ।
आइसीसीले विश्वकप खेल्ने १० राष्ट्र र अन्य ११ देशका ६० शहरमा ट्रफी पुर्याउने बताएको छ । ट्रफी नेपाल जस्ता क्रिकेटको विकासमा अगाडि बढरहेका देशमा प्रदर्शनीमा राखिने आइसीसीले जारी गरेको मिडिया रिलिजमा उल्लेख छ ।
आइसीसीको दुबईस्थित मुख्यालयबाट ट्रफी टुर अगस्ट २७ देखि सुरु भइ सन् २०१९ फेब्रुअरी १९ मा सकिनेछ ।
ट्रफी टुर दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्टइन्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल, भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी हुँदै २०१९ फेब्रुअरी १९ मा आयोजक इंग्ल्याण्ड र वेल्स पुग्ने बताइएको छ । त्यसपछि विश्वकप सुरु हुनुअघि त्यहाँ १०० दिनको डोमेस्टिक टुर हुनेछ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












