जनयुद्धलाई बदनाम गराउन खोज्ने जोकोही लाई छुट छैन, प्रधानमन्त्री ज्यू गृहमन्त्रीको कदमलाई सहयोग गर्नुस: महासचिव शेर्पाली
काठमाडाैँ १२,भदाैं । प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई २४ घण्टे स्पष्टीकरण सोधेको विषयलाई लिएर वाइसीएल महासचिव सुबोध सेर्पालीले फेसबुकमा आक्रोश ब्यक्त गर्दै जनयुद्धलाई भजाएर खानेहरुसङ सतर्क हुन अनुरोध गरेका छन् ।
महान जनयुद्धको क्रममा वालसैनिक प्रयोग गरेको र त्यसका नेतृत्वहरु अन्तर्राष्ट्रिय अदालतमा उभाउनुपर्छ भनेर देशमा अभियान चलाइरहेका त्यसै बिषयमा बैंककमा प्रस्तुति दिन एक क्रार्यक्रममा हिँडेका लेनिन बिष्टलाई अध्यागमन बाट फिर्ता गरेको बिषयलाई लिएर प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा को २४ घण्टे स्पष्टिकरण मागेपछी युवापंति यसरि आक्रोस पोखेको छ ।
वाईसिएल नेपालका महासचिव सुबोध शेर्पालिले आफ्नो फेसबुकमा यस्तो लेखेका छन
कम्युनिष्ठ युवाको गृहमन्त्रीलाई साथ
नेपालको आमुल क्रान्तिकारी आन्दोलनको नेतृत्व गरेको महान जनयुद्धको क्रममा वालसैनिक प्रयोग गरेको र त्यसका नेतृत्वहरु अन्तर्राष्ट्रिय अदालतमा उभाउनुपर्छ भनेर देशमा अभियान चलाइरहेका र हाल बैंकक गएर सोहि खालको प्रस्तुति दिन एक क्रार्यक्रममा हिँडेका लेनिन बिष्टलाई अध्यागमन बाट फिर्ता गरेको बिषयलाई लिएर आज केहि मिडियाहरुमा यो सरकारकै राम्रो काम गरिरहेका गृहमन्त्री र गृहमन्त्रालयलाई २४ घण्टे स्पस्टिकरण मागेको भन्ने कुराले निकै गम्भीर बनाएको छ । देशमा राजतन्त्रको अन्त्य गरि गणतन्त्रको स्थापना गर्न अहम भुमिका खेलेको जनमुक्ति सेना नेपाल र माओवादी जनयुद्धले स्थापित गतेको मुल्यमान्यता विरुद्ध चालिने हरेक कदमको विरुद्ध अन्तिमसम्म लडिन्छ । १२ बुदे सम्झौताको जगमा भएको विस्तृत शान्ती सम्झौतापछि सबै मुद्दाहरु आपसी समझदारी र विशेषत सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने कुरा नै सहि छ । यसको बिचमा आफ्नो निहित स्वार्थ र कमाउ धन्दाको लागी गरिने कुनै पनि सेमीनार हाम्रो लागी अस्वीकार्य छ । हामी योग्य थियौ वा अयोग्य त्यो छुट्टाउने अधिकार कोठेवाला लडाकुहरुलाई छैन । याद रहोस् स्पस्टिकरणको आदेश दिने महासयहरुलाई हामीले बन्दुक बोकेर मृत्युलाई जितेर युद्ध मोर्चा नसम्हालेको भए तिमीले अँगालेको ब्यबस्थाले तिमीलाई सधै रुवाइरहेको हुने थियो । तसर्थ जनयुद्ध तथा द्वन्दकालीन सबै मुद्दाहरुको किनारा कुनै डलरवालाको रिसर्च र युरोवालाको कथित ब्यानरले न्याय वा अन्याय छुट्टाउन सक्दैन । हाम्रो इतिहासको खिलापमा जाने अधिकार बन्दुकको पिडा र युद्धको घाउ नसहेकाहरुलाई कदापि छैन।
त्यस्तै वाईसिएल नेपालका सचिव मिङमा डण्डु शेर्पा ले पनि सामाजिक सञ्जाल फेसबुक यस्तो लेखेका छन
यस कारण फर्काइयो लेलिनलाई अध्यागमनबाटै, यि छन ५ अभियोग छन
गृह मन्त्रालयले पाँच अभियोग लगाएर पूर्वअयोग्य लडाकू लेनिन बिष्टलाई बिदेश भ्रमणमा जान रोक लगाएको पाइएको छ । बिष्टलाई गैरसरकारी संस्थाको कार्यक्रममा थाइल्याण्ड जान लाग्दा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता गरिएको थियो ।
बिष्ट फिर्ता भएपछि केही दैनिक पत्रिकाले मानव अधिकार र मौलिक अधिकार हनन भएको भन्दै सम्पादकीय नै लेखेका छन । ‘सरकारले अभियोग लागेका नागरिकलाई बिदेश भ्रमणमा रोक्न सक्छ । त्यही आधारमा लेनिनमाथि अभियोग रहेकोले रोकिएको हो,’ गृह मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने । गृह स्रोतका अनुसार बिष्टबिरुद्ध पाँच अभियोग रहेको छ ।
गृहका अनुसार अन्तराष्ट्रिय कल बाइपासमा संलग्न भएको अभियोगमा लेनिनले एक बर्ष जेल भुक्तानी गरेका थिए । यस्तै नाकावन्दीको समयमा पेट्रोलियम पदार्थको कालोबजारी गरेको, धम्क्याएर चन्दा उठाएको अभियोगमा नेपाल प्रहरीको खोजीको सूचीमा रहेका छन । उनीमाथि सरकारले अयोग्य लडाकूको नाममा दिएको रकम एक्लै खाएको आरोपसमेत छ ।
गृह मन्त्रालयका अनुसार शान्ति मन्त्रालयबाट अयोग्य लडाकूको नाममा आएको १५ लाख रुपैया लिएर संगठनबाट अलग्गिएका छन । उनले सो रकमको कुनैहिसाव दिएका छैनन । यसैगरी माओवादी द्धन्द्धकालमा बालसेनाको प्रयोग भएको र आफू स्वयं बालसेना रहेको जनाई नेपालको बदनाम गराउने र दातालाई भडकाउने योजना रहेको दावी पनि गृहस्रोतको छ ।
गृह स्रोतका अनुसार बिष्टमाथि संगठनको नाममा बिभिन्न ब्यक्तिको हस्ताक्षर किर्ते गरेको बिषयसमेत अनुसन्धानमा रहेकोल बिदेश जान रोक गाइएको हो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...














