जनयुद्धलाई बदनाम गराउन खोज्ने जोकोही लाई छुट छैन, प्रधानमन्त्री ज्यू गृहमन्त्रीको कदमलाई सहयोग गर्नुस: महासचिव शेर्पाली
काठमाडाैँ १२,भदाैं । प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई २४ घण्टे स्पष्टीकरण सोधेको विषयलाई लिएर वाइसीएल महासचिव सुबोध सेर्पालीले फेसबुकमा आक्रोश ब्यक्त गर्दै जनयुद्धलाई भजाएर खानेहरुसङ सतर्क हुन अनुरोध गरेका छन् ।
महान जनयुद्धको क्रममा वालसैनिक प्रयोग गरेको र त्यसका नेतृत्वहरु अन्तर्राष्ट्रिय अदालतमा उभाउनुपर्छ भनेर देशमा अभियान चलाइरहेका त्यसै बिषयमा बैंककमा प्रस्तुति दिन एक क्रार्यक्रममा हिँडेका लेनिन बिष्टलाई अध्यागमन बाट फिर्ता गरेको बिषयलाई लिएर प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा को २४ घण्टे स्पष्टिकरण मागेपछी युवापंति यसरि आक्रोस पोखेको छ ।
वाईसिएल नेपालका महासचिव सुबोध शेर्पालिले आफ्नो फेसबुकमा यस्तो लेखेका छन
कम्युनिष्ठ युवाको गृहमन्त्रीलाई साथ
नेपालको आमुल क्रान्तिकारी आन्दोलनको नेतृत्व गरेको महान जनयुद्धको क्रममा वालसैनिक प्रयोग गरेको र त्यसका नेतृत्वहरु अन्तर्राष्ट्रिय अदालतमा उभाउनुपर्छ भनेर देशमा अभियान चलाइरहेका र हाल बैंकक गएर सोहि खालको प्रस्तुति दिन एक क्रार्यक्रममा हिँडेका लेनिन बिष्टलाई अध्यागमन बाट फिर्ता गरेको बिषयलाई लिएर आज केहि मिडियाहरुमा यो सरकारकै राम्रो काम गरिरहेका गृहमन्त्री र गृहमन्त्रालयलाई २४ घण्टे स्पस्टिकरण मागेको भन्ने कुराले निकै गम्भीर बनाएको छ । देशमा राजतन्त्रको अन्त्य गरि गणतन्त्रको स्थापना गर्न अहम भुमिका खेलेको जनमुक्ति सेना नेपाल र माओवादी जनयुद्धले स्थापित गतेको मुल्यमान्यता विरुद्ध चालिने हरेक कदमको विरुद्ध अन्तिमसम्म लडिन्छ । १२ बुदे सम्झौताको जगमा भएको विस्तृत शान्ती सम्झौतापछि सबै मुद्दाहरु आपसी समझदारी र विशेषत सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने कुरा नै सहि छ । यसको बिचमा आफ्नो निहित स्वार्थ र कमाउ धन्दाको लागी गरिने कुनै पनि सेमीनार हाम्रो लागी अस्वीकार्य छ । हामी योग्य थियौ वा अयोग्य त्यो छुट्टाउने अधिकार कोठेवाला लडाकुहरुलाई छैन । याद रहोस् स्पस्टिकरणको आदेश दिने महासयहरुलाई हामीले बन्दुक बोकेर मृत्युलाई जितेर युद्ध मोर्चा नसम्हालेको भए तिमीले अँगालेको ब्यबस्थाले तिमीलाई सधै रुवाइरहेको हुने थियो । तसर्थ जनयुद्ध तथा द्वन्दकालीन सबै मुद्दाहरुको किनारा कुनै डलरवालाको रिसर्च र युरोवालाको कथित ब्यानरले न्याय वा अन्याय छुट्टाउन सक्दैन । हाम्रो इतिहासको खिलापमा जाने अधिकार बन्दुकको पिडा र युद्धको घाउ नसहेकाहरुलाई कदापि छैन।
त्यस्तै वाईसिएल नेपालका सचिव मिङमा डण्डु शेर्पा ले पनि सामाजिक सञ्जाल फेसबुक यस्तो लेखेका छन
यस कारण फर्काइयो लेलिनलाई अध्यागमनबाटै, यि छन ५ अभियोग छन
गृह मन्त्रालयले पाँच अभियोग लगाएर पूर्वअयोग्य लडाकू लेनिन बिष्टलाई बिदेश भ्रमणमा जान रोक लगाएको पाइएको छ । बिष्टलाई गैरसरकारी संस्थाको कार्यक्रममा थाइल्याण्ड जान लाग्दा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता गरिएको थियो ।
बिष्ट फिर्ता भएपछि केही दैनिक पत्रिकाले मानव अधिकार र मौलिक अधिकार हनन भएको भन्दै सम्पादकीय नै लेखेका छन । ‘सरकारले अभियोग लागेका नागरिकलाई बिदेश भ्रमणमा रोक्न सक्छ । त्यही आधारमा लेनिनमाथि अभियोग रहेकोले रोकिएको हो,’ गृह मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने । गृह स्रोतका अनुसार बिष्टबिरुद्ध पाँच अभियोग रहेको छ ।
गृहका अनुसार अन्तराष्ट्रिय कल बाइपासमा संलग्न भएको अभियोगमा लेनिनले एक बर्ष जेल भुक्तानी गरेका थिए । यस्तै नाकावन्दीको समयमा पेट्रोलियम पदार्थको कालोबजारी गरेको, धम्क्याएर चन्दा उठाएको अभियोगमा नेपाल प्रहरीको खोजीको सूचीमा रहेका छन । उनीमाथि सरकारले अयोग्य लडाकूको नाममा दिएको रकम एक्लै खाएको आरोपसमेत छ ।
गृह मन्त्रालयका अनुसार शान्ति मन्त्रालयबाट अयोग्य लडाकूको नाममा आएको १५ लाख रुपैया लिएर संगठनबाट अलग्गिएका छन । उनले सो रकमको कुनैहिसाव दिएका छैनन । यसैगरी माओवादी द्धन्द्धकालमा बालसेनाको प्रयोग भएको र आफू स्वयं बालसेना रहेको जनाई नेपालको बदनाम गराउने र दातालाई भडकाउने योजना रहेको दावी पनि गृहस्रोतको छ ।
गृह स्रोतका अनुसार बिष्टमाथि संगठनको नाममा बिभिन्न ब्यक्तिको हस्ताक्षर किर्ते गरेको बिषयसमेत अनुसन्धानमा रहेकोल बिदेश जान रोक गाइएको हो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...













