कक्षा ११ र १२ मा दुई विषय थपियो, ६ देखि १० सम्म घटाइयो
काठमाडाैं १२, भदाै । आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन्।
अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको छ।
विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय हुँदैन। ११ र १२ विद्यालय शिक्षाअनुसार नै संकायविहीन बनाइएको छ। ११ र १२ पढ्ने विद्यार्थीले नेपाली, अंग्रेजी, सामाजिक र जीवन उपयोगी शिक्षा अनिवार्य र ३ ऐच्छिक विषय पढ्नुपर्छ। अहिलेसम्म ५ विषय पढाइ हुँदै आएको छ।
११ र १२ मा गणित विषय अनिवार्यबाट हटाइएकोमा विरोध हुँदै आएको थियो। ऐच्छिक विषयमा गणित पढ्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ। जीवन उपयोगी शिक्षाको सट्टा गणित पढ्न पाइन्छ।
‘नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरियो। यही वर्ष कक्षा ११ मा नमूनाका रुपमा लागू गर्छौं’, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने, ‘नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक बनाउने काम पनि सुरु भइसकेको छ।’
काप्रीका अनुसार कक्षा ९ र १० मा अहिलेसम्म ८ विषय पढाइ गरिएकोमा आउँदो शैक्षिक सत्रदेखि भने ७ विषय मात्रै पठनपाठन गरिँदैछ। स्वास्थ्य तथा जनसंख्या विषय हटाइने भएको छ। पाठ्यपुस्तक तयार गर्दा विज्ञानमा प्रविधि सम्वन्धिका पनि विषयवस्तुहरु समावेश गर्ने तयारी गरिएको हो। ५ विषय अनिवार्य छ भने २ विषय ऐच्छिक हुनेछ।
कक्षा ६ देखि ८ सम्म पढाइ हुँदै आएको नागरिक वा पेशाव्यवसाय विषय हटाइएको छ। ‘विषयलाई घटाएको बढाएको भन्दा पनि ती पहिल्यै रहेका विषयमा मिल्ने विषयबस्तु समावेश गरिएको हो’। कक्षा १ देखि ३ सम्म विषयगत शिक्षण गर्ने गरी पाठ्यक्रम तयार गरिएका छन्।
कक्षा १ मा भर्ना हुनुभन्दा पहिले पूर्वबालकक्षा शिक्षालाई पनि थप व्यवस्थित बनाउन लागिएको छ।
बालबालिकालाई मनोरञ्जनका लागि समय छुट्टाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएअनुसार नै पाठ्यक्रम बनाइएका हुन्। जीवन उपयोगी शिक्षामा स्थानीय तहहरुले आफ्ना आवश्यकताअनुसार विषय छनौट गरी शिक्षा दिन सक्छन्। विद्यालय तह संविधानअनुसार नै स्थानीय तह अन्तर्गत छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











