कक्षा ११ र १२ मा दुई विषय थपियो, ६ देखि १० सम्म घटाइयो
काठमाडाैं १२, भदाै । आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन्।
अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको छ।
विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय हुँदैन। ११ र १२ विद्यालय शिक्षाअनुसार नै संकायविहीन बनाइएको छ। ११ र १२ पढ्ने विद्यार्थीले नेपाली, अंग्रेजी, सामाजिक र जीवन उपयोगी शिक्षा अनिवार्य र ३ ऐच्छिक विषय पढ्नुपर्छ। अहिलेसम्म ५ विषय पढाइ हुँदै आएको छ।
११ र १२ मा गणित विषय अनिवार्यबाट हटाइएकोमा विरोध हुँदै आएको थियो। ऐच्छिक विषयमा गणित पढ्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ। जीवन उपयोगी शिक्षाको सट्टा गणित पढ्न पाइन्छ।
‘नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरियो। यही वर्ष कक्षा ११ मा नमूनाका रुपमा लागू गर्छौं’, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने, ‘नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक बनाउने काम पनि सुरु भइसकेको छ।’
काप्रीका अनुसार कक्षा ९ र १० मा अहिलेसम्म ८ विषय पढाइ गरिएकोमा आउँदो शैक्षिक सत्रदेखि भने ७ विषय मात्रै पठनपाठन गरिँदैछ। स्वास्थ्य तथा जनसंख्या विषय हटाइने भएको छ। पाठ्यपुस्तक तयार गर्दा विज्ञानमा प्रविधि सम्वन्धिका पनि विषयवस्तुहरु समावेश गर्ने तयारी गरिएको हो। ५ विषय अनिवार्य छ भने २ विषय ऐच्छिक हुनेछ।
कक्षा ६ देखि ८ सम्म पढाइ हुँदै आएको नागरिक वा पेशाव्यवसाय विषय हटाइएको छ। ‘विषयलाई घटाएको बढाएको भन्दा पनि ती पहिल्यै रहेका विषयमा मिल्ने विषयबस्तु समावेश गरिएको हो’। कक्षा १ देखि ३ सम्म विषयगत शिक्षण गर्ने गरी पाठ्यक्रम तयार गरिएका छन्।
कक्षा १ मा भर्ना हुनुभन्दा पहिले पूर्वबालकक्षा शिक्षालाई पनि थप व्यवस्थित बनाउन लागिएको छ।
बालबालिकालाई मनोरञ्जनका लागि समय छुट्टाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएअनुसार नै पाठ्यक्रम बनाइएका हुन्। जीवन उपयोगी शिक्षामा स्थानीय तहहरुले आफ्ना आवश्यकताअनुसार विषय छनौट गरी शिक्षा दिन सक्छन्। विद्यालय तह संविधानअनुसार नै स्थानीय तह अन्तर्गत छ।
Comments
अरु समाचार
-
बागमती नदीमा डुबेर दुई बालकको ज्यान गयो
रौतहट । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा डुब्दा २ बालकको मृत्यु भएको छ । बागमती नदीको समनपुर हरैया घाटमा...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो
दमौली (तनहुँ), असार १३ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी
काठमाडौँ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
रास्वपाको पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए ? (सूची)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित...











