बिमस्टेक सम्मेलन:परराष्ट्रसचिव स्तरीय बैठक जारी, के-के छन् एजेन्डा ?
काठमाडाैं १२,भदाै । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन तयारीका क्रममा अहिले परराष्ट्रसचिवस्तरीय वैठक बसिरहेको छ ।
होटल सोल्टीमा जारी वैठकले बुधवार परराष्ट्रमन्त्रीस्तरीय वैठकका लागि एजेन्डा तय गर्नेछ । अपरान्ह साढे पाँच बजे सचिवस्तरीय वैठकबारे परराष्ट्रमन्त्रालयले सञ्चारकर्मीलाई ब्रिफिङ गर्ने कार्यक्रम छ ।
परराष्ट्रसचिवस्तरीय बरिष्ठ अधिकारीहरुको वैठकको अध्यक्षता परराष्ट्रसचिव शंकरदास बैरागी गरेका छन् । बैठकमा भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका परराष्ट्रसचिव सहभागी छन् । उनीहरुलाई सोमवार साँझ सचिव वैरागीले रात्रीभोज दिएका छन् ।
परराष्ट्रसचिवस्तरीय बैठकका एजेन्डा
१. नयाँ दिल्लीमा मे १० र ११ मा सम्पन्न भन्सार सञ्चालनसम्बन्धी कार्यदलको पहिलो बैठकको प्रतिवेदन
२. ढाकामा २०१७ नोभेम्बर १३ र १४ सम्पन्न यातायात तथा सञ्चारसम्बन्धी बिमस्टेकको दोस्रो वैठकको प्रतिवेदन
३. नयाँदिल्लीमा २०१७ नोभैम्बर २७ र २८मा सम्पन्न बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टसम्बन्धी प्रतिवेदन
४. नयाँ दिल्लीमा २०१८ अप्रिल ९ र १० मा सम्पन्न बिमस्टेक मोटर भेइकल एग्रिमेन्टको प्रतिवेदन
५. श्रीलंकाको कोलम्बोमा २०१७ नोभेम्बर २१ र २२ मा सम्पन्न बमस्टेक टेक्नोलोजी ट्रान्सफर फेसिलिटीसम्बन्धी विज्ञ समूहले तयार गरेको प्रतिवेदन
६. वंगलादेशको ढाकामा २०१८ मार्च २८ बिमस्टेकका सुरक्षा प्रमुखहरुको दोस्रो वैठकले तयार गरेको प्रतिवेदन
७ बंगलादेशको ढाकामा २०१८ अगस्ट १३ र १४मा सम्पन्न बिमस्टेकको संयुक्त कार्यदलले तयार गरेको प्रतिआतंकवाद र अन्तरदेशिय अपराध सम्बन्धी प्रतिवेदन
८. थाइल्याण्डको चियाङ रायमा २०१७ नोभेम्बर १२ देखि १६ सम्म बसेको विज्ञ समूहको छैठौँ बैठकले तयार गरेको कृषिमा सहकार्यसम्बन्धी प्रतिवेदन
९. गरिबी निवारणसम्बन्धी २०१७ नोभेम्बर १ मा काठमाडौंमा सम्पन्न बरिष्ठ अधिकारीहरुको वैठकले तयार गरेको प्रतिवेदन
१०. २०१८ डिसेम्बर १९ र २० मा श्रीलंकाको कोलोम्बोमा गरिबी निवारणसम्बन्धी वैठकले तयार गरेको प्रतिवेदन
११. २०१७ अक्टोबर २४ र २५ मा नयाँ दिल्लीमा परम्परागत औषधीसम्बन्धी बिमस्टेक कार्यदलको पहिलो वैठकले तयार गरेको प्रतिवेदन
१२. बंगलादेशको ढाकामा २०१८ अप्रिल ५ मा बिमस्टेक संयुक्त कार्यदलको विशेष वैठकले तयार गरेको स्थायी सचिवालय स्थापनासम्बन्धी प्रतिवेदन, त्यससम्बन्धी श्रीलंकाको कोलम्बोमा २०१८ जुलाई १० को वैठकको प्रतिवेदन, सचिवालयको अनुमानित बजेट तथा गाडी खरिदसम्बन्धी मस्यौदा
१३. बिमस्टेक चौथो शिखर सम्मेलनको घोषणापत्र मस्यौदा, समझदारीपत्रमा हस्ताक्षरसम्बन्धी बिषयको तयारी
१४. श्रीलंकालाई अध्यक्षता हस्तान्तरण तथा अर्को सम्मेलनको मिति र स्थान
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...












