गोपनीयतासम्बन्धी विधेयकले कालोधनलाई संरक्षण गर्दैन : गृहमन्त्री
काठमाडाैं १२,भदाै । गृहमन्त्री रामबहादुर थापा बादलले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कालो धनलाई संरक्षण नगर्ने जिकिर गरेका छन् । संसदमा वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै कालो धनलाई ढाकछोप गर्ने गरी विधेयक आएको भए त्यसलाई सच्याउनुपर्ने उनले बताए ।
विधेयकले भष्टाचार र अवैध कारोबारबाट आर्जन गरेका सम्पत्ति पनि गोप्य राख्न पाउने खालको व्यवस्था गरेको भनी सार्वजनिक रुपमा विरोध भइरहेका बेला गृहमन्त्री थापाले कालो धनलाई संरक्षण गर्ने गरी विधेयक आएको भए संसदले छलफल गरेर सच्याउनुपर्ने बताएका हुन् ।
‘यो विधेयकले कालो धनलाई ढाकछोप गर्छ भन्ने लाग्दैन, सार्वजनिक पद धारण गरेका पदाधिकारीको सम्पत्तिमात्र होइन, उसको जीवन, अन्य पक्ष पनि पारदर्शी हुनुपर्छ’ उनले भने ।
सम्पत्तिको विषय आयकरसँग जोडिएको भन्दै गृहमन्त्री बादलले सार्वजनिक पदाधिकारीमात्र होइन, सबै उद्योगी व्यवसायीका साथै सबै नागरिकको सम्पत्ति सरकारलाई जानकारी हुनुपर्ने बताए ।
सार्वजनिक पद धारण गर्नेहरुले आफ्नो सेवाकालमा आर्जन गरेको सम्पत्तिमात्र नभई अन्य सबै पक्ष सार्वजनिक हुनुपर्ने गृहमन्त्री बादलको भनाइ छ । ‘यो विषयमा सदनले गम्भीर छलफल गरेर परिमार्जन संशोधन गर्न सक्छ । सार्वजनिक पद धारण गरेकाहरुको अध्यारो पक्षलाई ढाकछोप गर्छ भने विधेयक परिमार्जन गर्न जरुरी छ । यो सदनलाई अधिकार छ’ उनले भने ।
व्यक्तिगत लिखतहरु गोपनीयतासँग जोडिए पनि त्यसलाई निश्चित सीमाभित्र रहेर मात्र संरक्षण गर्नुपर्ने गृहमन्त्री थापाले बताए । ‘कुनै प्रमाणपत्र देखाउनु हुँदैन भनेर यो विधेयक आएको जस्तो लाग्दैन’ उनले भने यस विषयमा सम्मानित सदन सम्बन्धित समितिमा दफाबार रुपमा गम्भीर छलफल गरेर उपयुक्त निश्कर्षमा पुग्नेछ ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












