भुटानका प्रधानन्यायाधीश छिरिङ वाङचुक काठमाडौंमा
काठमाडाैँ १३,भदाै । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो बैठकमा सहभागी हुन बुधबार बिहान भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषद्का प्रमुख सल्लाहकार छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्।
उनलाई नेपाल सरकारका उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
आजै दिउँसो साढे २ बजे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आइपुग्ने कार्यक्रम छ। विशिष्ठ पाहुनाको आगमनको समयमा आधा घण्टा विमानस्थलको नियमित उडान बन्द रहनेछ। यसअघि हिजो म्यानमारका राष्ट्रपति मिन्ट काठमाडौं आइपुगेका छन्।
हिजो युबि ७०८ विशेष विमानबाट म्यानमारका राष्ट्रपति मिन्ट काठमाडौं अवतरण गरेका हुन्।
राष्ट्रपति मिन्टलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभूवन विमानस्थलमा स्वागत गर्नुका साथै सेनाको एक टुकुडीले सम्मान गारत दिएको थियो।
मिन्ट आजै भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनी पुगेर विशेष पूजा गर्ने कार्यक्रम छ। सम्मेलनकै दिन अर्थात भोलि बिहान तीन मुलुकका सरकार प्रमुख नेपाल आइपुग्नेछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुध चान ओ चा आउनेछन्।
पाहुनाहरू आउँदा बिहान साढे २ घण्टा बिमानस्थलका नियमित उडान बन्द रहने छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...
-
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार,...
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...












