शासक बन्ने मोहमा चिप्लिए मन्त्री:थाई प्रधानमन्त्रीले आफै छाता ओढ्दा पोख्रेललाई भने चाहियो ओढाउने मान्छे !
काठमाडाैं १७,भदाै । अहिले सामाजिक संजाल लगायत अन्य इन्टरनेट माध्यममा खुवै सनसनी मच्चाइरहेको एउटा फोटो हो, परराष्ट्रमन्त्री ईश्वर पोखरेलको ।
किन उनको फोटोलाई लिएर नेपाली समाजमा यतिधेरै आलोचना भयो त ? उनलाई यसरी ट्रोलको सिकार किन बनाइयो त ? पो बिषय भने अलि फरक र शासकको शैलीलाई लिएर जोड्न थालिएको छ ।
आउनुहोस आज हामि तपाईँलाई याहि विषयको बारेमा केहि जानकारी दिन गइरहेका छाैं ।
विमस्टेक सम्मेलनमा विभिन्न मुलुकका सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री नेपाल आउने क्रम जारी रह्यो । यसैक्रममा विदेशी भीआईपीलाई एयरपोर्टमा सम्मान गर्न खटिएका थिए परराष्ट्रमन्त्री पोखरेल । विदेशबाट आएका पाहुनाको स्वागत सम्मान गर्दै पोखरेलले उनीहरुलाई नेपाल सरकारको निमन्त्रणा स्विकार गरेर आएकोमा खुशी व्यक्त गर्दै खुवै धमाकाका साथ सत्कारको काम भएकै थियो ।
सम्मेलन सफलतापूर्वक सम्पन्न भयो र विदेशी पाहुनाहरु फर्कने क्रम जारी रह्यो ।
यसैक्रममा थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चाओचा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिउसोको १ः३० बजे पुगि सकेका थिए । उनको स्वागत/विदाईको कार्यक्रमका क्रममा यहि १५ गते थाई प्रधानमन्त्री गाडीबाट आोर्लेपछि उनको सम्मानमा खटिएको पोखरेलको टोली अगाडी बढ्यो तर माैसमको प्रतिकुलताले गर्दा झिसमिसे पानी पर्न थाल्यो ।
पानी परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले छाता ल्याए । थाई प्रधानमन्त्रीले आफैले छाता आोढेर हिड्न थाले तर नेपालका परराष्ट्रमन्त्री पोखरेललाई भने छाता आोढाईदिन अर्कै मानिसको सहायता चाहियो । यहि विषयलाई फोटो पत्रकारले फोटो उनीहरुको क्यामेरामा कैद गरिसकेका थिए ।
जव फोटो बाहिर आयो तव सुरु भयो मन्त्री पोखरेलको शेली र उनको रवैयाबारे टिकाटिप्पणी । तर, पोखरेलका प्रेस सल्लाहकार र उनका स्वकिय सचिवहरुले भने यो कुराको खण्डन गरेका छन् ।
घटना यस्तो केहि नभएर थाई प्रधानमन्त्रीको उचाई धेरै भएकाले उनलाई छाता आोढाउन समस्या आएकाले छाता आफैले आोढेको जनाउदै आएका छन् । तर, यसो फोटोमा हेर्दा भने त्यस्तो देखिदैन् । थाई प्रधानमन्त्री र नेपालका परराष्ट्रमन्त्री पोखरेलको उचाईमा त्यत्ति धेरै फरक भने देखिदैन् ।
यसले के कुरा स्पष्ट पारेको छ भने नेपाली राजीतिज्ञमा सेवक होइन शासकको भुत सवार भएको छ । अर्काको देशमा पाहुना बनेर आएका प्रधानमन्त्री आफैले छाता आोढेर यसरी हिड्नु सामान्य मानिएपनि उनी जनताको सेवकको रुपमा चिनिन्छन् नै ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












