सार्कलाई गतिशील तुल्याउन सिरिसेनाको प्रतिबद्धता ।
काठमाडौँ १७ ,भदाै । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सार्क प्रक्रियालाई गतिशील तुल्याउन सक्दो सहयोग गरिने दृढता व्यक्त गरेका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको आज निरीक्षण गरेपछि महासचिवसहित आठवटै देशका निर्देशकसँगको अन्तक्रियामा उनले सदस्य मुलुकबीच भ्रातृत्वको भावना प्रवद्र्धन गर्दै सार्कका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि लाग्न आग्रह गरे ।
राष्ट्रपति सिरिसेनाले क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउन सबै सदस्य एकजुट हुनुपर्नेमा जोड दिए । सो अवसरमा सचिवालय परिसरमा उहाँले बोधिचित्तको बिरुवा रोपे । सचिवालय भ्रमणका क्रममा सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखले रोपेर झाङ्गिएका बिरुवा,सचिवालयमा रहेका सगरमाथा, लुम्बिनी नामक विभिन्न प्रेक्षालय र त्यहाँ राखिएका आठ वटै देशका कलासंस्कृति झल्कने चित्र एवम् तस्वीर तथा सार्कका पूर्वमहासचिवबारे पनि जानकारी लिए ।
सार्क सचिवालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले दक्षिण एसिययाका जनताको हित प्रवद्र्धन गर्न क्षेत्रीय सहयोग र एकीकरणमा श्रीलङ्काले निरन्तर सहयोग गर्ने प्रतिबद्धताका साथ सदस्य देशको आर्थिक वृद्धि, सामाजिक प्रगति र सांस्कृतिक संवादमा जोड दिएका छन् । पुस्तिकामा उनले सार्कका महासचिव र सचिवालयमा कार्यरत सबै कर्मचारीको लगनशीलताको सराहना पनि गरेका छन् ।
त्यसअघि सार्कका महासचिव अम्जद हुसेन बी सियालले सार्कको १९औँ शिखर सम्मेलन चाँडोभन्दा चाँडो आयोजना गर्न सदस्य राष्ट्र्बीच सहमति जुट्ने विश्वास व्यक्त गर्दै १८ औं शिखर सम्मेलनमा शीर्ष नेतृत्वले सार्कलाई गतिशील बनाउने निर्णय गरेको स्मरण गरे ।
सार्कलाई प्रभावकारी एवम् परिणाममुखी तुल्याउन श्रीलङ्काले निरन्तर सहयोग गरेकामा श्रीलङ्काली सरकार र जनताप्रति आभार व्यक्त गर्दै महासचिव सियालले सार्क सांस्कृतिक केन्द्र स्थापनाका निम्ति १७ एकड जमीन र एक करोड अमेरिकी डलर उपलब्ध गराइएको बताए ।
उनले सार्कको वर्तमान अध्यक्ष नेपालसहित सबै सदस्य देशले सचिवालयलाई निरन्तर साथ, सहयोग र समर्थन गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रपति सिरिसेनाको सोमबार पर्ने जन्मोत्सवको पूर्वसन्ध्यामा सार्क सचिवालयमा भएको उक्त कार्यक्रममा महासचिव सियालले राष्ट्रपतिको सुख, सुस्वास्थ्य र प्रगतिको कामना पनि गरे ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












