सार्कलाई गतिशील तुल्याउन सिरिसेनाको प्रतिबद्धता ।
काठमाडौँ १७ ,भदाै । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सार्क प्रक्रियालाई गतिशील तुल्याउन सक्दो सहयोग गरिने दृढता व्यक्त गरेका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको आज निरीक्षण गरेपछि महासचिवसहित आठवटै देशका निर्देशकसँगको अन्तक्रियामा उनले सदस्य मुलुकबीच भ्रातृत्वको भावना प्रवद्र्धन गर्दै सार्कका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि लाग्न आग्रह गरे ।
राष्ट्रपति सिरिसेनाले क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउन सबै सदस्य एकजुट हुनुपर्नेमा जोड दिए । सो अवसरमा सचिवालय परिसरमा उहाँले बोधिचित्तको बिरुवा रोपे । सचिवालय भ्रमणका क्रममा सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखले रोपेर झाङ्गिएका बिरुवा,सचिवालयमा रहेका सगरमाथा, लुम्बिनी नामक विभिन्न प्रेक्षालय र त्यहाँ राखिएका आठ वटै देशका कलासंस्कृति झल्कने चित्र एवम् तस्वीर तथा सार्कका पूर्वमहासचिवबारे पनि जानकारी लिए ।
सार्क सचिवालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले दक्षिण एसिययाका जनताको हित प्रवद्र्धन गर्न क्षेत्रीय सहयोग र एकीकरणमा श्रीलङ्काले निरन्तर सहयोग गर्ने प्रतिबद्धताका साथ सदस्य देशको आर्थिक वृद्धि, सामाजिक प्रगति र सांस्कृतिक संवादमा जोड दिएका छन् । पुस्तिकामा उनले सार्कका महासचिव र सचिवालयमा कार्यरत सबै कर्मचारीको लगनशीलताको सराहना पनि गरेका छन् ।
त्यसअघि सार्कका महासचिव अम्जद हुसेन बी सियालले सार्कको १९औँ शिखर सम्मेलन चाँडोभन्दा चाँडो आयोजना गर्न सदस्य राष्ट्र्बीच सहमति जुट्ने विश्वास व्यक्त गर्दै १८ औं शिखर सम्मेलनमा शीर्ष नेतृत्वले सार्कलाई गतिशील बनाउने निर्णय गरेको स्मरण गरे ।
सार्कलाई प्रभावकारी एवम् परिणाममुखी तुल्याउन श्रीलङ्काले निरन्तर सहयोग गरेकामा श्रीलङ्काली सरकार र जनताप्रति आभार व्यक्त गर्दै महासचिव सियालले सार्क सांस्कृतिक केन्द्र स्थापनाका निम्ति १७ एकड जमीन र एक करोड अमेरिकी डलर उपलब्ध गराइएको बताए ।
उनले सार्कको वर्तमान अध्यक्ष नेपालसहित सबै सदस्य देशले सचिवालयलाई निरन्तर साथ, सहयोग र समर्थन गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रपति सिरिसेनाको सोमबार पर्ने जन्मोत्सवको पूर्वसन्ध्यामा सार्क सचिवालयमा भएको उक्त कार्यक्रममा महासचिव सियालले राष्ट्रपतिको सुख, सुस्वास्थ्य र प्रगतिको कामना पनि गरे ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












