अब कंसाकार के गर्छन् ? एनएसीको कार्यकारी अध्यक्षमा मदन खरेल ल्याउन चालिँदै भित्रि चाल
काठमाडाैँ १८,भदाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्तीको तयारी गरेका छन्।
निगममा कार्यकारी भूमिकासहित प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार कार्यरत रहेकै अवस्थामा मन्त्री अधिकारीले खरेललाई कार्यकारी अध्यक्ष बनाउने तयारी अघि बढाएका हुन्। यसअघि खुला प्रतिस्पर्धाबाट निगमको प्रवन्ध निर्देशकमा नियुक्तभएपनि बीचमै राजीनामा गरेर हिँडेका खरेललाई माथिल्लो पदसहित फेरि निगममा फर्काउने तयारी थालिएको पर्यटन मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए। ‘नियमित प्रक्रियाबाट यो निर्णय हुँदैन, माथिबाट नियुक्त गर्ने तयारी अघि बढिरहेको छ,’ मन्त्रालयका उच्च अधिकारीले भने।
पर्यटनमन्त्री अधिकारीको ठाडो प्रस्तावमा खरेललाई कार्यकारी अध्यक्ष बनाउने गरी तयारी अघि बढिरहेको उच्च स्रोतले दावी गरेको छ। ‘मन्त्रालयबाट प्रस्ताव गएको र त्यो प्रस्ताव मन्त्रिपरिषदमा दर्ता भएको भन्ने कुरा सत्य होइन,’ स्रोतले भन्यो, ‘नियुक्ती भइसकेपछि मात्रै मन्त्रालय भित्रका कर्मचारीले थाहा पाउने संभावना छ।’
प्रतिस्पर्धाबाट प्रवन्ध निर्देशक बनेपनि बीचमै छाडेर हिँडेका खरेललाई फेरि किन ल्याउन खोजियो भन्ने तथ्य अहिलेसम्म बाहिर आएको छैन। यद्यपि, मन्त्री अधिकारी र निगमका प्रवन्ध निर्देशक चिसो सम्बन्धका कारण कंसाकारलाई अफ्ठ्यारोमा पार्ने गरी कार्यकारी अध्यक्षको नियुक्तीको तयारी अघि बढेको स्रोतले जनाएको छ।
‘महाप्रबन्धकको माथिमसम्मको नेक्सस् र आफूलाई नटेरेको मन्त्रीको बुझाईले यो परिस्थिती सिर्जना भएको हुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘खरेल पनि निगम छाडेर हिँडेका हुन्, यस्तो अवस्थामा कंसाकारलाई कमजोर बनाउने अस्त्रका रुपमा उहाँको नाम आएको हुन सक्छ।’खरेललाई कार्यकारी अध्यक्ष बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई ‘ग्रिन सिग्नल’ दिइसकेको स्रोतको दावी छ। ‘मन्त्रीको मात्रै रुचीका कारण यो नभइरहेको पनि हुन सक्छ,’ एक अधिकारीले भने, ‘यसबारेमा प्रधानमन्त्रीले पनि सहमति दिइसकेको बुझ्न सकिन्छ।’
तत्कालीन् नेकपा एमालेको कोटाबाट पर्यटन मन्त्री बनेका कृपासुर शेर्पाको पालामा कंसाकारलाई २०७१ जेठ १४ गते ४ वर्षका लागि निगमको महाप्रबन्धक पदमा नियुक्ती दिइएको थियो। ०७० चैतमा खरेलले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त स्थानमा निगमका पूर्व कार्यकारी अध्यक्ष कंसाकार महाप्रबन्धक भएका थिए।
नेपाल वायुसेवा निगम ऐन २०१९ मा निगममा कार्यकारी अध्यक्ष वा प्रबन्धक रहन सक्ने व्यवस्था छ। ऐनको व्यवस्थाअनुसार सञ्चालक समितिको सदस्यमध्येबाट वा योग्यता पुगेका व्यक्तिलाई कार्यकारी अध्यक्ष तथा उपाध्यक्ष बनाउन सक्ने व्यवस्था ऐनमा छ। ‘कार्यकारी भूमिकासम्बन्धि ऐनमा भएको व्यवस्थालाई हेर्दा कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुवै रहन सक्छन्,’ निगम सम्बद्ध एक अधिकारीले भने, ‘तर अहिलेको प्रस्ताव सहज नदेखिएकाले दुवैजना रहनु हुन्छ जस्तो देखिँदैन।’
निगमले हालै मात्रै दुईवटा ‘वाइड बडी’ जहाज भित्र्याएर नियमित उडान थालेको छ। अन्तर्राष्ट्रियस्तर र आन्तरिक बजारमा पनि तीव्र प्रतिस्पर्धाको सामान गरिरहेको निगमको नेतृत्वमा हुन सक्ने संभावित परिवर्तनले निगमको छवि र व्यापारमा नै प्रभावित पार्ने जानकारहरु बताउँछन्। ‘अहिलेको समय भनेको प्रतिस्पर्धात्मक बजारमा निगमलाई बलियो देखाउने हो, तर सरकारको निर्णयले निगमको विकासमा बाधा पुर्याकउन सक्छ,’ निगमको उच्च व्यवस्थापनमा काम गरिसकेका एक पूर्व कर्मचारीले भने।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












