काम नगर्ने ठेकेदार सांसद् नै भए पनि सरकारले छुट दिँदैन: मन्त्री महासेठ
१८ भदौ, विराटनगर । यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद् भए पनि सरकारले नछाडने दृढता व्यक्त गरेका छन् । कानूनभन्दा माथि कोही पनि नहुने भन्दै उनले समयमै काम नसक्ने ठेकेदार कारबाहीको भागिदार हुने बताए ।
‘कानूनभन्दा माथि कोही छैन’, काम नगर्ने ठेकेदार सांसद् नै भए पनि सरकारले छुट दिँदैन’, विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री महासेठले भने ।
उनले पप्पु कन्ष्ट्रक्सनको कामबारे संसदमा समेत कुरा उठेकाले सरकारले यसलाई गम्भीरतापूर्वक लिएको बताए । मन्त्री महासेठले पप्पु कन्ष्ट्रक्सन कम्पनीमा सांसद् हरिनारायण चौधरीले आफनो संलग्नता नरहेको बताए पनि यसबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए ।
पप्पु कन्ष्ट्रक्सनले निर्माण गरेका अधिकांश आयोजनाको गुणस्तरमाथि प्रश्न उठेको छ । ठेकेदारबाट राजनीतिमा छिरेका हरिनारायण चौधरीले पप्पुको स्वामित्व कागजीरुपमा छाडेर छोरालाई हस्तान्तरण गरेका छन् ।
आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने केही ठेकेदारको बदमासीका कारण निर्माण क्षेत्र नै बदनाम भएको भन्दै उनले गल्ती गर्नेमाथि कारबाही गर्नुको विकल्प नभएको बताए ।
उनले समयमै काम नगर्ने मुलुक भरका १ सय ४२ ठेकेदार कम्पनीलाई १ करोडदेखि ५ करोडसम्म कार्वाही स्वरुप जरिवाना गरिएको जानकारी पनि उक्त अवसरमा दिए । त्यसैगरी यातायतको सेन्डिकेट हटाउन नचाहने २ सय ४५ कम्पनीको बैंक खाता रोकेर सम्पत्ति शुद्धीकरण आयोगले छानविन गरिरहेको बताए ।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












