काम नगर्ने ठेकेदार सांसद् नै भए पनि सरकारले छुट दिँदैन: मन्त्री महासेठ
१८ भदौ, विराटनगर । यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद् भए पनि सरकारले नछाडने दृढता व्यक्त गरेका छन् । कानूनभन्दा माथि कोही पनि नहुने भन्दै उनले समयमै काम नसक्ने ठेकेदार कारबाहीको भागिदार हुने बताए ।
‘कानूनभन्दा माथि कोही छैन’, काम नगर्ने ठेकेदार सांसद् नै भए पनि सरकारले छुट दिँदैन’, विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री महासेठले भने ।
उनले पप्पु कन्ष्ट्रक्सनको कामबारे संसदमा समेत कुरा उठेकाले सरकारले यसलाई गम्भीरतापूर्वक लिएको बताए । मन्त्री महासेठले पप्पु कन्ष्ट्रक्सन कम्पनीमा सांसद् हरिनारायण चौधरीले आफनो संलग्नता नरहेको बताए पनि यसबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए ।
पप्पु कन्ष्ट्रक्सनले निर्माण गरेका अधिकांश आयोजनाको गुणस्तरमाथि प्रश्न उठेको छ । ठेकेदारबाट राजनीतिमा छिरेका हरिनारायण चौधरीले पप्पुको स्वामित्व कागजीरुपमा छाडेर छोरालाई हस्तान्तरण गरेका छन् ।
आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने केही ठेकेदारको बदमासीका कारण निर्माण क्षेत्र नै बदनाम भएको भन्दै उनले गल्ती गर्नेमाथि कारबाही गर्नुको विकल्प नभएको बताए ।
उनले समयमै काम नगर्ने मुलुक भरका १ सय ४२ ठेकेदार कम्पनीलाई १ करोडदेखि ५ करोडसम्म कार्वाही स्वरुप जरिवाना गरिएको जानकारी पनि उक्त अवसरमा दिए । त्यसैगरी यातायतको सेन्डिकेट हटाउन नचाहने २ सय ४५ कम्पनीको बैंक खाता रोकेर सम्पत्ति शुद्धीकरण आयोगले छानविन गरिरहेको बताए ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











