पप्पु निर्माण कम्पनीलाई सरकारले कारवाहीको दायरामा ल्याएरै छोड्यो
काठमाडाैँ १८,भदाै । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन् ।
उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले जानकारी दिए ।
पाँच प्रतिशत निर्माण कम्पनीका ठेकेदारका कारण अन्य ठेकेदारले पनि दुःख पाएको आफूले महसुस गरेको बताउँदै मन्त्री महासेठले सडक र पुलको निर्माणलाई प्रभाबकारी बनाउन पहल गर्ने र यस्को अनुभूति नेपाली जनताले केही समयपश्चात् मात्र गर्ने चर्चा गरे ।
उनले रकम लिई निर्माणमा बदमासी गर्ने निर्माण कम्पनीलाई रु एक लाख ५० हजारदेखि रु पाँच करोडसम्म जरिवाना गरिएकोे र अहिलेसम्म यस्ता १४५ ठेकेदारलाई कारर्बाहीमा परेका बताए ।सरकारका कारणबाट पनि सडकलगायत अन्य निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै मन्त्री महासेठले अब पुराना सबै काम पूरा गरेर मात्र नयाँ निर्माणका लागि बोलपत्र आह्वान गरिने जानकारी दिए ।
यातायात क्षेत्रमा भएको एकाधिकार हटाइएको र एकाधिकार कायम गरउन खोज्ने २४५ यातायात व्यवसायीको बैंक खाता रोक्का गरी छानबिनसमेत भइरहेको चर्चा गर्दै उनले आगामी मङ्सिर समान्तसम्म शतप्रतिशत सार्वजनिक यातायातका साधन कम्पनीमा दर्ता हुन आउने र सर्वसाधारणले सुलभरूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।शहरी तथा नगर क्षेत्रमा सञ्चालित सार्वजनिक सवारी साधनको सिट सङ्ख्याको अनुपातमा २० प्रतिशतमात्र थप यात्रु राख्ने व्यवस्था गरिएकाले यसबाट यात्रु कोचेर राख्ने समस्या अन्त्य हुने धारणा मन्त्री महासेठले व्यक्त गरे
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












