दसैंका लागि उपत्यकामा ७० हजार खसीबोका भित्रिदै
काठमाडाैँ १९,भदाैं । यस वर्षको दसैंमा उपत्यकामा ७० हजार संख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन् । दसैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झन्डै ७० हजार संख्यामा खसीबोका उपत्यकामा ल्याउने तयारी छ ।
दसैंमा अधिकांश नेपालीले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका खपत हुने भएको हो । गत वर्षको दसैंमा ५० हजार संख्यामा खसीबोका खपत भएका थिए । यो वर्ष गत वर्षको तुलनामा २० हजार बढी खसीबोका खपत हुने अनुमान व्यवसायीले गरेका छन् । चाडपर्व सुरु हुन थालेपछि बजारमा खसीबोका भित्रिने क्रम सुरु हुन थालेको छ ।
उपत्यकामा नियमित रूपमा खसीबोका बिक्री हुने भए पनि दसैंको धेरै संख्यामा खपत हने गर्छ । पछिल्लो समय मासु उपभोग गर्नेका संख्या बढ्दै गएकाले पनि यो वर्ष खसीबोका बढी खपत बढी हुने देखिएको व्यवसायीको भनाइ छ । यससँगै काठमाडौंमै दसैं मनाउनेको संख्या पनि बढिरहेको छ । सडकको दूरावस्था र यातायातको असहजताका कारण धेरैले काठमाडौंमै दसैं मनाउन थालेका छन् ।
यस वर्ष ५५ हजार संख्यामा खसीबोका र १० हजार संख्यामा च्याङ्ग्रा खपत हुने अनुमान गरिएको व्यवसायी दिपक थापाले बताए । “यो वर्ष अघिल्लो वर्षको तुलनामा खसीबोकाको खपत २० प्रतिशतले बढ्न देखिएको छ,” उनले भने, “खपत वृद्धिसँगै मूल्य बढेर आएकाले उपभोक्तालाई महँगो पर्ने देखिएको छ ।” गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी ५ सय २० देखि ५ सय २५ रुपैयाँ रहेकाले यो वर्ष बढेर केजीमा ५ सय ९० रुपैयाँ पुगेको उनको भनाइ छ । कुल खपत हुनेमध्ये ४० प्रतिशत स्थानीय उत्पादनले माग धान्ने गर्छ भने ६० प्रतिशत खसीबोका भारतबाट आउने गर्छ ।
दसैंमा व्यवसायीले विभिन्न जिल्लाबाट उपत्यकामा खसीबोका ल्याउने गर्छन् । च्याङ्ग्रा भने नेपालकै मुस्ताङ र छिमेकी चीनबाट ल्याउने गरिन्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले ठूलो संख्यामा भारतका विभिन्न स्थानबाट खसीबोका ल्याउने गर्छन् । भारतको हरिद्वार, कानपुर, जस्मिनगर, बहरादलगायतका अन्य ठाउँबाट व्यवसायीले खसीबोका ल्याउने गर्छ । चाडपर्व सुरु भएसँगै बजारमा खसीबोकाको खपत बढ्ने गर्छ । दसैंको घटस्थापनादेखि बजारमा ठूलो संख्यामा खसीबोका भित्रिने गर्छन् ।
खाद्य संस्थानले २ हजार खरिद गर्ने
नेपाल खाद्य संस्थानले भने दसैंमा २ हजारमात्रै संख्यामा खसीबोका ल्याउने भएको छ । दसैंमा बजारमा खसीबोको खपत धेरै हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिइ उपभोक्ता ठग्ने भएपछि बजार नियन्त्रण गर्नका लागि संस्थानले दुई हजा संख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउन लागेको हो । संस्थानले १ हजार संख्यामा खसीबोका र १ हजार संख्यामा च्याङ्ग्रा ल्याउने तयारी गरेको हो । संस्थानले बजारमूल्य नियन्त्रण गर्न प्रत्येक वर्षको दसैंमा सहुलियदरमा बिक्री गर्दै आएको छ । संस्थानले उपभोक्तालाई राहत दिनका लागि बजार मूल्यभन्दा सस्तोमा खसीबोका बिक्री गर्ने गर्छ । संस्थानले दाङ, रूपन्देही र हेटौडाबाट खसीबोका र मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी गरेको हो । गत वर्ष संस्थानले १ हजार ५ सय खसीबोका र १ हजार संख्यामा च्याङ्ग्रा ल्याएर बिक्री गरेको थियो । बजारमूल्य नियन्त्रण गर्नुका साथै उपभोक्तालाई सहुलियतदरमा उपलब्ध गराउनका लागि प्रत्येक वर्षको दसैंमा संस्थानले खसीबोका खरिद गरेर बिक्री गर्ने गर्छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












