नेपालले लियो हङकङको ७ विकेट
मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको ७ विकेट लिइसकेको छ।
नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट भने अर्को विकेट सागर पुन र बसन्त रेग्मीले लिएका थिए।
खराब ब्याटिङ गरेको नेपाल ९५ रनमा अलआउट भएको थियो।
मलेसियामा जारी एशिया कप छनोट अन्तर्गत नेपालले हङकङसँग खराब प्रदर्शन गर्दै ३७.५ ओभर खेल्दै ९५ रनमा अलआउट भएको थियो
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपाललाई सुरुवातमा नै झट्का लाग्न पुग्यो। फाइनलमा स्थान बनाउने सम्भावना जिवितै राख्न ठूलो अन्तरले विपक्षीलाई हराउनुपर्ने बाध्यतामा रहेको नेपालले मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको थियो। ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए ।
त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो। कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए। नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो।
नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन। ४८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए। तर, लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्यो।
अहिलेसम्मकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैठौं विकेट खेर फाल्यो। सागर पुन व्यक्तिगत ७ रनमा आउट भए। त्यसपछि नेपालको स्कोरबोर्डमा अरू तीन रन थपिँदा सातौं विकेट गयो। सोमपाल कामीले खाता खोल्न नपाई १२ बल खेलेर आउट भए।
बसन्त रेग्मीसँग ३४ रनको साझेदारी गरेका आरिफ शेख २० रनको व्यक्तिगत स्कोरमा आउट भए। नेपालका लागि सर्वाधिक रन बनाएका उनले ५४ बल खेलेर २ चौका प्रहार गरेका थिए। नवौ नम्बरमा आएका सन्दिप लामिछानेले ४ बल खेल्दै २ रन बनाएर आउट भए। अन्तिममा आएका ललित नारायण राजबंशी खाता नखोल्दै आउट भए।
नेपाललाई सस्तैमा रोक्न हङकङका इसान खानले सर्वाधिक ४ विकेट लिए। ७.५ ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर एक मेडनसहित ४ विकेट लिएका हुन्। यस्तै मोहम्मद आइजाज खान र तनविर अफजालले २-२ विकेट लिए भने नाबिद अहमेद र इसान खानले १-१ विकेट लिए।
हङकङका बलरहरूले ८ ओभर मेडन राखेका थिए।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












