व्यावसायी को सर्तैसर्त विच भदाै २४ देखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडाैँ २०,भदाै यातायात व्यवसायीका विभिन्न अडानले दसैंको अग्रिम बुकिङ खोल्न चुनौती देखिएको छ । सरकारले गएको जेठमा देशभरका करिब ४ सय यातायात संघ, समितिको बैंक खाता रोकेपछि करिब २५ हजार कर्मचारीले ३ महिनादेखि तलब पाउन नसकेको भन्दै यातायात व्यवसायीले दशैंको टिकट बुकिङमा समस्या रहेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायातका संघ, समिति खारेज गरे पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराई आउने नयाँ यातायात प्रालिलाई प्रोत्साहन गर्न नसक्दा यसपालिको दशैंमा उपत्यकाबाट बाहिरिने सवारीको संख्यामा कमी आउने बताए । यसअघि दशैंका बेलामा ४ सयदेखि ५ सय नयाँ गाडी थपिने गरेको महासचिव सिटौलाले जनाएका छन् ।
सरकारले कागजी रुपमा सिन्डिकेट हटेको बताउने गरेको तर सिन्डिकेट हटेपछि व्यवहारिक रुपमा उत्पन्न यात्रु दुर्घटना बीमा, सडकको अध्ययन र रुट परमिट वितरणजस्ता समस्यामा आवश्यक चासो नदेखाएको तथा यी विषयमा यातायात विज्ञ र व्यवसायीसँग छलफल नगरेको व्यवसायीको आरोप छ ।
गाडीमा लाग्ने इन्धन र पार्टपुर्जाको वर्षेनी मूल्यवृद्धि भए पनि यसको अनुपातमा सरकारले भाडादर नबढाएको प्रति पनि व्यवसायी असन्तुष्ट छन् । सरकारले बैंक खाता रोकेपछि ३ महिनादेखि तलब पाउन नसकेका कर्मचारीलाई कुन स्रोतबाट तलब उपलब्ध गराउने यसबारे पनि यातायात व्यवस्था विभाग र गृह मन्त्रालयले आफूहरुसँग छलफल गर्नुपर्ने व्यवसायीको अडान छ ।
दशैंको अग्रिम टिकट बुकिङ भदौ २४ बाट खुलाउने विभागले जनाए पनि आफूहरुका समस्या हल नगरी टिकट खोल्दा यात्रुलाई थप सास्ती हुनसक्ने व्यवसायीले बताएका छन् । विभागले खोल्ने जनाएको अग्रिम टिकट बुकिङका बारेमा व्यवसायीले असन्तुष्टि देखाएपछि बुधबार विभागमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफल निष्कर्षमा पुग्न नसकेको विभाग स्रोतले जनाएको छ ।
“आजको छलफलबाट कुनै निष्कर्ष आएन,” महासंघका महासचिव सरोज सिटौलाले भने, “हाम्रा समस्याको समाधानमा सरकार गम्भीर हुनुपर्छ, चाँडै नै थप छलफल गरी अग्रिम टिकट बुकिङ चाँडै खोल्नेमा हामी सकारात्मक छौं ।”
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











