व्यावसायी को सर्तैसर्त विच भदाै २४ देखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडाैँ २०,भदाै यातायात व्यवसायीका विभिन्न अडानले दसैंको अग्रिम बुकिङ खोल्न चुनौती देखिएको छ । सरकारले गएको जेठमा देशभरका करिब ४ सय यातायात संघ, समितिको बैंक खाता रोकेपछि करिब २५ हजार कर्मचारीले ३ महिनादेखि तलब पाउन नसकेको भन्दै यातायात व्यवसायीले दशैंको टिकट बुकिङमा समस्या रहेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायातका संघ, समिति खारेज गरे पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराई आउने नयाँ यातायात प्रालिलाई प्रोत्साहन गर्न नसक्दा यसपालिको दशैंमा उपत्यकाबाट बाहिरिने सवारीको संख्यामा कमी आउने बताए । यसअघि दशैंका बेलामा ४ सयदेखि ५ सय नयाँ गाडी थपिने गरेको महासचिव सिटौलाले जनाएका छन् ।
सरकारले कागजी रुपमा सिन्डिकेट हटेको बताउने गरेको तर सिन्डिकेट हटेपछि व्यवहारिक रुपमा उत्पन्न यात्रु दुर्घटना बीमा, सडकको अध्ययन र रुट परमिट वितरणजस्ता समस्यामा आवश्यक चासो नदेखाएको तथा यी विषयमा यातायात विज्ञ र व्यवसायीसँग छलफल नगरेको व्यवसायीको आरोप छ ।
गाडीमा लाग्ने इन्धन र पार्टपुर्जाको वर्षेनी मूल्यवृद्धि भए पनि यसको अनुपातमा सरकारले भाडादर नबढाएको प्रति पनि व्यवसायी असन्तुष्ट छन् । सरकारले बैंक खाता रोकेपछि ३ महिनादेखि तलब पाउन नसकेका कर्मचारीलाई कुन स्रोतबाट तलब उपलब्ध गराउने यसबारे पनि यातायात व्यवस्था विभाग र गृह मन्त्रालयले आफूहरुसँग छलफल गर्नुपर्ने व्यवसायीको अडान छ ।
दशैंको अग्रिम टिकट बुकिङ भदौ २४ बाट खुलाउने विभागले जनाए पनि आफूहरुका समस्या हल नगरी टिकट खोल्दा यात्रुलाई थप सास्ती हुनसक्ने व्यवसायीले बताएका छन् । विभागले खोल्ने जनाएको अग्रिम टिकट बुकिङका बारेमा व्यवसायीले असन्तुष्टि देखाएपछि बुधबार विभागमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफल निष्कर्षमा पुग्न नसकेको विभाग स्रोतले जनाएको छ ।
“आजको छलफलबाट कुनै निष्कर्ष आएन,” महासंघका महासचिव सरोज सिटौलाले भने, “हाम्रा समस्याको समाधानमा सरकार गम्भीर हुनुपर्छ, चाँडै नै थप छलफल गरी अग्रिम टिकट बुकिङ चाँडै खोल्नेमा हामी सकारात्मक छौं ।”
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












