विकास, समृद्धि र समावेशीताको नयाँ युग सुरु भएको छ,अब युवाहरु विदेशीनु पर्दैन: अध्यक्ष प्रचण्ड
सिन्धुलि २१,भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अद्योगिक क्षेत्रको विकास गरी युवालाई स्वरोजगार बनाउने तर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । सिन्धुलीको मरिण गाँउपालिकामा निर्माण गरिएको पक्की पुलको उद्धघाटन गर्दै दाहालले सबै गाँउ तथा बस्तीसम्म पूर्वाधार निर्माण गरी युवालाई स्वदेशमै स्वरोजगार बनाइने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले नेपाली इतिहासको अराजकताको अन्त्य गर्दै विकास, समृद्धि, समानता र समावेशीताको नयाँ युग सुरु भएको बताए । नेपाल नयाँ युगमा प्रवेश गरिसकेको भन्दै उनले अब विकास निर्माणमा पनि गुणात्मक खालको काम गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालले कम्युनिष्ट सरकारले अबको केही महिनाभित्रै काठमाडौँको धुलो र हिलोको व्यवस्थापन गर्ने संकल्पसहित उत्पादन वृद्धिका कामलाई प्राथमिकता दिएको जानकारी दिए । साथै उनले सडक, शिक्षा, कृषिलगायत सबै क्षेत्रको विकास गरी एक वर्षभित्रमा जनतामा नयाँ आशा र उत्साह भर्ने काम गर्ने दाबी गरे ।
सम्झौता समयभन्दा अगावै गुणस्तरीय कामसहित पुल निर्माण भएकोमा खुसी व्यक्त गर्दै उनले यस्ता कामको देशभर प्रचार गर्नुपर्नेमा जोड दिए । साथै उनले आजैबाट राम्रो काम गर्नेलाई पुस्कार र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्थासहितको नयाँ अभियान थालनी भएको उद्घोष गरे ।
नेपाल सरकारका तर्फबाट पुल निर्माणको काममा संलग्न सबैलाई धन्यवाद दिँदै छिटै मन्त्रालयमा कार्यक्रमको आयोजना गरेर सम्मान गरिने घोषणासमेत गरे ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशका विभिन्न स्थानमा करिब एक हजार वटा पुल निर्माण गरिने बताए । अबको ५ वर्षभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरी जनताको सपनालाई साकार बनाउने दावी गरे ।
मन्त्री महासेठले सरकारको एउटै एजेण्डा समृद्ध नेपाल, खुसी नेपालीलाई सार्थक बनाउन ५ वर्षको अवधिमा सम्पूर्ण नेपालीको आयस्रोत दोब्बर बनाउने तर्फ सरकार लागि परिरहेको बताए । साथै उनले प्रतिपक्ष दल नेपाली कांग्रेसलागयत सबै राजनीतिक दलहरुलाई समृद्ध नेपाल, खुसी नेपाली अभियानमा साथ दिन आग्रह गरे ।
२० महिनामै ४ सय मिटर पक्की पुल निर्माण
सिन्धुलीको मरिण गाँउपालिका वडा नम्बर ६ र ४ नम्बर जोड्ने पक्की पुल बुधबारबाट सञ्चालनमा आएको छ । हेटौडा–सिन्धुली–चतरा राजमार्गअन्तर्गत निर्माण भएको ४ सय मिटर लामो पुलको बुधवार उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।
वि.सं. २०७३ असार २९ गते ठेक्क सम्भौता भई २०७६ पुस २८ गते निर्माण सम्पन्न गर्ने गरी कालिका–रसुवा–तुदी जेभी काठमाडौँसँग सम्भौता भएको थियो । सो कम्पनीले पुल शिलान्यासको २० महिना अर्थात् साउन महिनामा नै पुल निर्माण गरेको हो ।
कुल लागत ४३ करोड ५० लाख रुपैयाँमा निर्माण भएको पुलमा ८ वटा स्पान निर्माण गरिएको छ भने नदी नियन्त्रणको काम ७ सय मिटर र पुलको दायाँबायाँ एप्रोज सडक ७ सय मिटर निर्माण भएको निर्माण कम्पनीका निर्देशक राजेन्द्र आचार्यले बताए ।
अहिले पुल निर्माण भएसँगै मरिणवासीलाई राहत मिलेको छ । पुल नहुँदा बर्सेनि समस्यामा पर्ने मरिणका स्थानीयहरु अब त्यस्ता समस्याको अन्त्य हुने भन्दै हर्षित छन् । वर्षाका बेला ज्यानै जोखिम मोलेर आवातजावात गर्नुपर्ने बाध्यता अहिले टरेको स्थानीय वासु मैनालीले बताए । बर्सेनि मरिण खोला तर्ने क्रममा खोलाले बगाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो उनले भने, “अब हाम्रो दैनिकी सहज हुने भयो ।” पुल नहुँदा वर्षात्का बेला मरिणका सबै स्थानमा सवारी आवातजावतसमेत ठप्प हुने गरेको थियो ।
२०७३ साल मंसिर १२ गते पूर्व प्रधानमन्त्री तथा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त पुलको शिलान्यास गरी सम्झौता अवधि अगावै निर्माण कार्य सम्पन्न गरेमा पुरस्कृत गर्ने आश्वासन दिएका थिए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












