विकास, समृद्धि र समावेशीताको नयाँ युग सुरु भएको छ,अब युवाहरु विदेशीनु पर्दैन: अध्यक्ष प्रचण्ड
सिन्धुलि २१,भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अद्योगिक क्षेत्रको विकास गरी युवालाई स्वरोजगार बनाउने तर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । सिन्धुलीको मरिण गाँउपालिकामा निर्माण गरिएको पक्की पुलको उद्धघाटन गर्दै दाहालले सबै गाँउ तथा बस्तीसम्म पूर्वाधार निर्माण गरी युवालाई स्वदेशमै स्वरोजगार बनाइने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले नेपाली इतिहासको अराजकताको अन्त्य गर्दै विकास, समृद्धि, समानता र समावेशीताको नयाँ युग सुरु भएको बताए । नेपाल नयाँ युगमा प्रवेश गरिसकेको भन्दै उनले अब विकास निर्माणमा पनि गुणात्मक खालको काम गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालले कम्युनिष्ट सरकारले अबको केही महिनाभित्रै काठमाडौँको धुलो र हिलोको व्यवस्थापन गर्ने संकल्पसहित उत्पादन वृद्धिका कामलाई प्राथमिकता दिएको जानकारी दिए । साथै उनले सडक, शिक्षा, कृषिलगायत सबै क्षेत्रको विकास गरी एक वर्षभित्रमा जनतामा नयाँ आशा र उत्साह भर्ने काम गर्ने दाबी गरे ।
सम्झौता समयभन्दा अगावै गुणस्तरीय कामसहित पुल निर्माण भएकोमा खुसी व्यक्त गर्दै उनले यस्ता कामको देशभर प्रचार गर्नुपर्नेमा जोड दिए । साथै उनले आजैबाट राम्रो काम गर्नेलाई पुस्कार र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्थासहितको नयाँ अभियान थालनी भएको उद्घोष गरे ।
नेपाल सरकारका तर्फबाट पुल निर्माणको काममा संलग्न सबैलाई धन्यवाद दिँदै छिटै मन्त्रालयमा कार्यक्रमको आयोजना गरेर सम्मान गरिने घोषणासमेत गरे ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशका विभिन्न स्थानमा करिब एक हजार वटा पुल निर्माण गरिने बताए । अबको ५ वर्षभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरी जनताको सपनालाई साकार बनाउने दावी गरे ।
मन्त्री महासेठले सरकारको एउटै एजेण्डा समृद्ध नेपाल, खुसी नेपालीलाई सार्थक बनाउन ५ वर्षको अवधिमा सम्पूर्ण नेपालीको आयस्रोत दोब्बर बनाउने तर्फ सरकार लागि परिरहेको बताए । साथै उनले प्रतिपक्ष दल नेपाली कांग्रेसलागयत सबै राजनीतिक दलहरुलाई समृद्ध नेपाल, खुसी नेपाली अभियानमा साथ दिन आग्रह गरे ।
२० महिनामै ४ सय मिटर पक्की पुल निर्माण
सिन्धुलीको मरिण गाँउपालिका वडा नम्बर ६ र ४ नम्बर जोड्ने पक्की पुल बुधबारबाट सञ्चालनमा आएको छ । हेटौडा–सिन्धुली–चतरा राजमार्गअन्तर्गत निर्माण भएको ४ सय मिटर लामो पुलको बुधवार उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।
वि.सं. २०७३ असार २९ गते ठेक्क सम्भौता भई २०७६ पुस २८ गते निर्माण सम्पन्न गर्ने गरी कालिका–रसुवा–तुदी जेभी काठमाडौँसँग सम्भौता भएको थियो । सो कम्पनीले पुल शिलान्यासको २० महिना अर्थात् साउन महिनामा नै पुल निर्माण गरेको हो ।
कुल लागत ४३ करोड ५० लाख रुपैयाँमा निर्माण भएको पुलमा ८ वटा स्पान निर्माण गरिएको छ भने नदी नियन्त्रणको काम ७ सय मिटर र पुलको दायाँबायाँ एप्रोज सडक ७ सय मिटर निर्माण भएको निर्माण कम्पनीका निर्देशक राजेन्द्र आचार्यले बताए ।
अहिले पुल निर्माण भएसँगै मरिणवासीलाई राहत मिलेको छ । पुल नहुँदा बर्सेनि समस्यामा पर्ने मरिणका स्थानीयहरु अब त्यस्ता समस्याको अन्त्य हुने भन्दै हर्षित छन् । वर्षाका बेला ज्यानै जोखिम मोलेर आवातजावात गर्नुपर्ने बाध्यता अहिले टरेको स्थानीय वासु मैनालीले बताए । बर्सेनि मरिण खोला तर्ने क्रममा खोलाले बगाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो उनले भने, “अब हाम्रो दैनिकी सहज हुने भयो ।” पुल नहुँदा वर्षात्का बेला मरिणका सबै स्थानमा सवारी आवातजावतसमेत ठप्प हुने गरेको थियो ।
२०७३ साल मंसिर १२ गते पूर्व प्रधानमन्त्री तथा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त पुलको शिलान्यास गरी सम्झौता अवधि अगावै निर्माण कार्य सम्पन्न गरेमा पुरस्कृत गर्ने आश्वासन दिएका थिए ।
Comments
अरु समाचार
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












