डलर भाउसंगै दसैं पनि महँगिदै !
काठमाडाैँ २२,भदाै । अमेरीकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैं नै महँगोे हुने भएको हो ।
बिहीबार नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनियम दरअनुसार एक अमेरीकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र बिक्री दर ११५.११ रुपैयाँ निर्धारण गरेको छ । २०७० भदौदेखि एक डलरका लागि १ सय रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्ने भएको हो । डलर बलियो हुने क्रम निरन्तर कायम रहेपछि २०७५ मा एक अमेरिकी डलर खरिदका लागि ११५ रुपैयाँभन्दा धेरै खर्च गर्नु पर्ने भएको हो ।
नेपालले विभिन्न १६३ वस्तु आयात गर्दा अमेरीकी डलरमा खरिद गर्नु पर्ने हुन्छ । जसले गर्दा ती वस्तुका कारण मूल्यवृद्धि हुने निश्चित छ । त्यसका साथै पेट्रोलियम पदार्थ पूर्ण रूपमा आयातमा निर्भर छ । विश्व बजारमा यसको मूल्यसमेत बढ्ने क्रममा भएकाले नेपाली अर्थतन्त्रमा महँगी वढ्ने निश्चित छ । तर, डलर बलियो हुँदा नेपाल आउने रेमिट्यान्स पनि वढ्छ । गत वर्षमात्र गत वर्षमा मात्र ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स आएको तथ्यांक छ । यो वर्ष डलरका कारण यसमा झने सुधार आउने निश्चित छ । बढेको रेमिट्यान्सले महँगीलाई थेग्ने देखिए पनि नेपालमा अधिकांश वस्तुहरू आयत गर्नुपर्ने अवस्था भएकाले दसैं महँगो हुनेमा दुइमत देखिँदैन ।
पेट्रोलियम पदार्थको मूल्य वढ्नु तथा भारतको चालू खाता घाटा बढ्नुले भारतीय रुपैयाँसमेत कमजोर भएको छ । अमेरीका र चीन, क्यानडा, मेक्सिको तथा युरोपियन मुलुकबीच रहेको व्यापार युद्धका कारण अमेरिकी मुद्रा बलियो भएको अर्थशास्त्रीहरू बताउँछन ।
पछिल्लो समयमा अमेरिकी अर्थतन्त्र झनै मजबुत भएको तथा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुनुका साथै मूल्य वृद्धिप नि नियन्त्रणमा रहेको हुनाले डलर विगतको तुलनामा बलियो भएको हो । विदेशी वस्तुभन्दा स्वेदेशी वस्तुलाई प्राथमिकता दिने अमेरिकाको सिद्धान्तले डलर बलियो भएको विज्ञहरू बताउँछन् ।
भारतीय रुपैयाँसँग भएको स्थिर सम्झौताले गर्दा अहिले डलरको तुलनामा नेपाली मुद्रामा भएको गिरावट तुलनात्मक रुपमा सुरक्षित रहेको अर्थशास्त्री अनलराज भट्टराई बताउँछन् । “डलर बलियो हँुदा आयातमका भर परेको अर्थतन्त्रमा यसको कस्ट पनि बढ्छ,” भट्टराईले भने, “डलर बलियो हँुदा सरकारको राजस्व पनि बढ्छ । तर, सरकारको राजस्व बढे पनि सर्वसाधारणले भने डलरका कारण बढेको महँगीको सामाना गर्नुपर्छ ।” त्यसका लागि सरकारले बजेट ल्याउँदाको दिनमा कायम रहेको डलरका आधारमा कर लिएको खण्डमा सर्वसाधारणलाई पनि केही राहत हुनसक्ने उनको भनाइ छ । डलरलाई नेपालले चलाउन नसक्ने भएकाले आउदो दसैं महँगो हुनबाट जोगाउन सरकारले राजस्वदर घटाउनु पर्ने उनी सुझाउँछन् ।
डलरका कारण केही मात्रमा मूल्यवृद्धि थप बढ्न सक्ने केन्द्रीय बैंकका अधिकारीहरूले पनि स्वीकारेका छन् । भारतीय रुपैयाँसँग स्थिर विनिमय दरले गर्दा दीर्घकालीन रूपमा नेपालललाई असर नगर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवली बताउँछन् । डलर बलियो हँुदा आयात निरुत्साहित हुने भएकाले आन्तरिक उत्पादन बढ्ने भएकाले पनि सकारात्मक नै हुने उनको तर्क छ । “तत्कालका लागि मूल्यवृद्धि हुनसक्छ”, उनले भने,“भारतमा नै कच्चा पर्दा उत्पादन भएर बन्ने वस्तुहरूको मूल्य भने बढ्दैन । तर, भारतले अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर तयर गरेका वस्तुको मूल्य भने बढ्नेछ ।” डलर बलियो भएका कारण क्यानडा, मेक्सिको, चीन तथा युरोपेली देशवाट अमेरिका निर्यात हुने सामग्रीको कर बढाउनु नै हो । त्यसका साथै अमेरिकी केन्द्रीय बैंकले बैंकको ब्याजदर बढाएकाले पनि डलर मजबुत भएको उनले बताए ।
चालू आर्थिक वर्षको पहिलो महिनामा १२० अर्बको आयात भएको छ । यसपछिका महिनामा आयात अझै बढ्ने भएकाले व्यापारघाटा पनि वृद्धि हुनेछ
Comments
अरु समाचार
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...











